०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

बाँके प्रहरीले USA अटोम्याटेक पेस्तोलसहित ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १८, २०७८

ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलिले अटोमेटिक पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राऊ पर्नेमा, बाँके जिल्लाको नेपालगंज उप-महानगरपालिका वडा नं. १२ को २८ वर्षिय दीपेन्द्र अधिकारी, सोही ठाउँको वडा नंं १८ बस्ने २२ वर्षिय शुसान्त केसी र जिल्ला कैलाली लम्कीदुहा नगरपालिका वडा नं. ३ बस्ने ३२ वर्षिय द्धारीका उपाध्याय रहेका छन ।

जिल्ला बाँके डुडुवा गाउँपालिका वडा नं.४ राप्तीपुल नजिक नेपालगंज देखि राप्तीनदी तर्फ जाँदै गरेको सुसान्त के. सी. ले चलाएको बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको चालक सिटको वाँया तर्फको सिटको सिट कभर भित्र अटोमेटिक पेस्तोल र हातहतियार फेला परि नियन्त्रणमा लिएको प्रहरी ले जनाएको छ ।

प्रहरीका अनुसार, राप्तीनदीको पुल नजिक गोली पड्किएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट Made in USA लेखेको अटोमेटिक पेस्तोल थान १, सोही पेस्तोलमा लोड गोली थान -७, पेस्तोलमा प्रयोग हुने गोली थान २, खुडा थान १, नक थान २ बरामद गरेको छ ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अनुसन्धानबाट पेस्तोल र ११ राउण्ड गोली दीपेन्द्र अधिकारीले ३ महिना पहिले भारतको लखनऊ बस्ने असरफ अलि संग भारु ५०००० मा खरिद गरी ल्याएको खुल्न आएको छ । यस्तै यसअघि अधिकारी ज्यान मार्ने उद्योग मुद्द, लागू औषध मुद्द, चोरी मुद्द जस्ता इत्यादि विभिन्न मुद्दामा पक्राऊ परेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!