१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

दाङकाे गढवामा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्र भवनको आईजिपी कार्कीद्वारा उद्घाटन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १९, २०८२

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका वरिष्ठ सल्लाहकार इन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै परियोजनाले समुदायस्तरमा न्याय पहुँच विस्तारमा योगदान गर्ने बताए। संरचना व्यवस्थापन प्रमुख शिशिर उपाध्यायले निर्माण प्रक्रियाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

दाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सेवा केन्द्रले विशेष गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई न्यायमा सहज पहुँच दिलाउने विश्वास व्यक्त गरिन्। कार्यक्रममा भवन निर्माणमा योगदान पुर्‍याउने निर्माण व्यवसायी, प्राविधिक टोली तथा प्रहरी अधिकृतहरूलाई प्रमुख अतिथि कार्कीबाट प्रशंसापत्र प्रदान गरिएको थियो।

संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका व्यवस्थापन प्रमुख शिशिर उपाध्याय, इन्जिनियर विराज न्यौपाने, प्रहरी निरीक्षक कालिका कार्कि, इलाका प्रहरी कार्यालय गढवा का प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बम, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो। लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीले प्रमुख अतिथिलाई कृतज्ञताको चिनो प्रदान गर्दै धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]