१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

प्रदेश बन मन्त्री सुरेन्द्र हमालले सभापतिको लागि गरे मतदान

Logo
प्रकाशित बिहिबार, फाल्गुण १९, २०७८

(ABC-Sanchar)
बाँके । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न मतदान सुरु भएको छ । नयाँ नेतृत्व चुन्न विहान सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको हो । सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमालले पनि मतदान गरेका छन् । पहिलो मतदान सभापतिका उम्मेदवार नारायण प्रसाद गौडेलले गरेका थिए । निर्वाचनमा १४ सय ९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान हुन भइरहेको हो । अपरान्ह ४ बजेसम्म मतदान चल्नेछ ।

सभापतिमा तीन जना, उपसभापति, सचिव र सहसचिवमा ४/४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्र बहादुर हमाल र बादशाह प्रतिष्पर्धामा छन्। उपसभापतिमा गोपाल प्रसाद अधिकारी, राजकुमार मौर्य, कृष्ण बहादुर कार्की र सुदिपनरसिंह राणा तथा सहसचिवमा सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र बहादुर हमाल र सञ्जु कुमारी चौधरी र सहसचिवमा रेणु सिंह ठाकुर, विश्वराज लम्साल, पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोद कुमार थारु प्रतिष्पर्धी छन् ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदान लगत्तै मगगणना शुरु हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!