०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

चितवन राष्ट्रिय निकुञ्जको सामुदायिक बनको कावासोतीमा गैँडा मृत फेला

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८

 (ABC-SANCHAR) नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताए । “सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो”, तिवारीले भने, “त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम ग¥यो ।” मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए । आज …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । खोप कार्यक्रम थिएन, सरकारले ती छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको हो’, उनले भने, ‘यसअघि खोप लगाएकाले पुनः लगाउनु पर्दैन, पोलियो थोपा खुवाइरहेका बालबालिकालाई खोप लगाउन पर्दैन कि भन्ने हुनसक्छ, खोप र पोलियो थोपा फरक हो, पोलियो थोपा खुवाइरहेकालाई पनि खोप लगाउनुपर्छ ।’ पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४८ […]

(ABC-Sanchar) काठमाडौं । भारतको हरियाणा राज्यमा आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर बसमा आगजनी भएको हो । बसमा आगो लाग्नसाथ चालक भागेपछि गाउँलेले बसको झ्यालका सिसा फुटाएर यात्रुलाई बचाएका थिए । बसमा झन्डै ६० जना सवार थिए । एजेन्सी

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८१/०१/२७ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भई तालुक प्रहरी प्रधान कार्यलय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६८७९ मिति २०८१/०१/२८ गतेको पत्र बमोजिम यस प्रतिष्‍ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा हुनु भई जान लाग्नु भएका […]