१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

राप्ती नदीमा भइरहेको तारजाली तटबन्धमा ठेकेदारको चरम लापरबाही

Logo
प्रकाशित आइतबार, फाल्गुण २२, २०७८


(ABC-SANCHAR)
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर देखि गढवा गाउँपालिका ३ भुतपुर सम्मको १ हजार २ सय मिटर राप्ती नदीको उत्तर साइडमा भइरहेको तटबन्धमा ठेकेदारले ठुला ठुला ढुंगा हाल्नु पर्नेमा स साना ढुंगा हालेर काम गरेपछि स्थानीयहरूले विरोध जनाउन सुरू गरेका हुन् ।सिचाई मन्त्रालयबाट प्राप्त ६ करोड बजेटबाट प्रगन्ना बड्कापथ सिचाई आयोजना लमहीले सुनछहारी निर्माण सेवा प्रालि मार्फत काम गराउन सुरू गरेको छ । सम्झौता भएको मितिले आउँदो २०७९ असार २५ गते सम्म तटबन्धको सक्नु पर्ने भएको छ । यता कम्पनीका सहायक इन्चार्ज बालाराम बुढामगरले भने स्टिमेट अनुसार काम भएको बताएका छन् । काम गर्ने बेला केही कमजोर भएको हुन सक्छ त्यसलाई आफुले सुधार गर्दै लैजाने बताए ।तार जाली तटबन्ध अन्तरगत हाल सम्म ७ सय मिटर ड्याम उठाउने र २ सय मिटर लन्चिङ जाली भर्ने काम भएको छ । भइरहेको काममा प्रगन्ना बड्कापथ सिचाई आयोजनाले अनुगमन नगर्दा ठेकेदारले लापरबाही गरेको देखिन्छ । काममा भएको लापरबाहीलाई आफुले गम्भीर रूपमा लिएको र सम्बन्धित ठेकेदारलाई तुरुन्त सुधार गर्न निर्देशन दिने बड्कापथ जल उपभोक्ता मुल समन्वय समितिका अध्यक्ष राजेश चौधरीले बताएका छन् ।राप्ती नदीमा भइरहेको तटबन्धको काममा संवेदनशील नहुने हो भने यसले नियन्त्रण होइन ठुलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले जुनसुकै काममा पारदर्शी भए नभएको नागरिक स्तरबाटै खवरदारी गर्न आवश्यक छ । देउखुरी-टुडेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय […]

काठमाडौं । ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ। तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ। तुल्सासहित सपना वली, निलिका […]

error: Content is protected !!