१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडक ठगी र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, चैत्र १९, २०८२

काठमाडौं । ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ।

तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ।

तुल्सासहित सपना वली, निलिका लामिछाने, प्रेमनाथ बस्याल, प्रयास पोखरेल र गंगा अधिकारी सुवेदीविरुद्ध पनि मुद्दा चलेको छ। तुल्सासँग मात्रै ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

सरकारी वकिलको कार्यालयले उनीहरूले गैरकानुनी रूपमा आर्जित रकमको वास्तविक स्रोत, प्रकृति, स्थान र स्वामित्व लुकाउने प्रयास गरेको पनि जनाएको छ।

यस प्रकरणमा तुल्सासहित ६ जनाविरुद्ध २१ करोड १२ लाख २० हजार ४ सय ६ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाइएको हो ।

सरकारी वकिलको कार्यालयले उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) अन्तर्गत सजाय माग गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]