१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

सुर्खेत घटनाः प्रहरी सहायक निरीक्षक विरुद्ध जाहेरी दर्ता

Logo
प्रकाशित सोमबार, फाल्गुण २३, २०७८

(बिकास बिसी)
कर्णाली । व्यवसायी कृष्ण हमाल मिनीको सुर्खेतमा शङ्कास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक शेरसिंह धामी विरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्।

मृतकका बुवा कालीकोट तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय हिराचन्द्र हमालले आज प्रसनि धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेका हुन।

प्रहरी चौकी सुब्बाकुनाका इञ्चार्ज रहेका सिंहले हमाल सवार ट्रकलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरेको परिवारको आरोप छ। प्रहरीले सवारी इजाजतपत्र नभएको भन्दै भे १ क ९२२ को मिनी ट्रकका सहचालक तिलक शाही र व्यवसायी हमाललाई निर्घात कुटपिट गरेको जाहेरीमा उल्लेख छ।

जाहेरीमा भनिएको छ, “शरीरका विभिन्न संवेदनशील भागमा चोटपटक लागेका कारणबाट मृत्यु भएकाले निज अन्यायीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा ७७ बमोजिम ज्यानसम्बन्धी कसुर अपराध गरेकाले तत्काल पक्राउ गरी कानूनबमोजिम हदैसम्मको सजाय गरी पाउनुको साथै क्षतिपूर्तिसमेत दिलाइ पाऊँ।” व्यवसायी हमालको मृत्युको विषयलाई लिएर शनिबार वीरेन्द्रनगरमा तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिएको जानकारी दिए।

निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रशासन र मृतकका आफन्तबीचको सहमतिपछि पीडित पक्षले आन्दोलन स्थगित गरेको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय […]

काठमाडौं । ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ। तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ। तुल्सासहित सपना वली, निलिका […]

error: Content is protected !!