२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

मतगणना सजिलो पार्न चुनाव चिन्हको रङ हरियो बनाएको हो : निर्वाचन आयोग

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २७, २०७८


(ABC-SANCHAR)
काठमाडौं । आउँदो स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नको रङ हरियो बनाउने जानकारी दिएको छ । आयोगले मतगणना गर्दा समस्या नआओस् भन्नका लागि हरियो रङको बनाउने पत्रकार सम्मेलन मार्फत् जनकारी दिएको हो ।

आज निर्वाचन आयोगद्वारा गरिएको पत्रकार सम्म्लेनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणना गर्न सहज होस् भन्ने उद्देश्यका साथ चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पारिएको बताए । नेपालको निर्वाचनमा चुनाव चिह्न संकेत गर्न प्रयोग गरिने स्वस्तिक छाप नीलो रङको रहेको छ ।

चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा राती मतगणना गर्दा गार्हो हुने भएपछि आउँदो ३० वैशाखको स्थानीय तहको निर्वाचनमा रङ फरक पार्न खोजिएको उनेल बताए ।

मतगणना गर्न सजिलो होस् भन्ने उद्देश्यले चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा फरक ल्याउन खोजिएको हो । यदि कसैलाई द्विविधा छ भने प्रष्ट पार्न आयोग तत्पर छ । निर्वाचन आयोगले चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा त्यसको आलोचना गरेका छन् । उनले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा हुने गरी आयोगले निर्णय गरेको आरोप लगाएका छन् । यता, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने रङसँग नआत्तिन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

error: Content is protected !!