०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

मतगणना सजिलो पार्न चुनाव चिन्हको रङ हरियो बनाएको हो : निर्वाचन आयोग

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २७, २०७८


(ABC-SANCHAR)
काठमाडौं । आउँदो स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नको रङ हरियो बनाउने जानकारी दिएको छ । आयोगले मतगणना गर्दा समस्या नआओस् भन्नका लागि हरियो रङको बनाउने पत्रकार सम्मेलन मार्फत् जनकारी दिएको हो ।

आज निर्वाचन आयोगद्वारा गरिएको पत्रकार सम्म्लेनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणना गर्न सहज होस् भन्ने उद्देश्यका साथ चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पारिएको बताए । नेपालको निर्वाचनमा चुनाव चिह्न संकेत गर्न प्रयोग गरिने स्वस्तिक छाप नीलो रङको रहेको छ ।

चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा राती मतगणना गर्दा गार्हो हुने भएपछि आउँदो ३० वैशाखको स्थानीय तहको निर्वाचनमा रङ फरक पार्न खोजिएको उनेल बताए ।

मतगणना गर्न सजिलो होस् भन्ने उद्देश्यले चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा फरक ल्याउन खोजिएको हो । यदि कसैलाई द्विविधा छ भने प्रष्ट पार्न आयोग तत्पर छ । निर्वाचन आयोगले चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा त्यसको आलोचना गरेका छन् । उनले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा हुने गरी आयोगले निर्णय गरेको आरोप लगाएका छन् । यता, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने रङसँग नआत्तिन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!