०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

सशस्त्र प्रहरी रौतहटले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित १ भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २७, २०७८

ABC (क्राईमबिट)
रौतहट । मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएर ल्याएको करिब १९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक पंकजकुमार सिंहको कमान्डमा सादा पोशाकका गएको सशस्त्र प्रहरीको टोलीले बौधिमाई नगरपालिका–९ बाट १८ लाख ६३ हजार रुपैयाँसहित भारतको बिहार राज्यमा पर्ने पूर्वी चम्पारन जिल्ला, घोडाशन थानाक्षेत्र अन्तर्गत महुअवा गुरेनवा–२ का दिपनारायण प्रसादलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं एसपी ध्रुव कार्कीका अनुसार भारतीय बजार बाट ठुलो परिमाणमा स्रोत नखुलेको नेपाली रुपैयाँ ल्याइरहेको सूचनाको आधारमा गएको टोलीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएको अवस्थामा उक्त रकम बरामद भएको हो ।

बरामद रकम सहित भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

दाङ । भालुवाङ दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे साझा संगठन राप्ती प्रेस मञ्चको मासिक नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ । अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुख्यतया ४ वटा प्रस्तावहरुमाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ । राप्ती प्रेस मञ्चले बढ्‌दो लागूऔषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण […]

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

error: Content is protected !!