०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

कर छलेको आरोपमा कोकाकोला विरुद्ध अदालतमा मुद्दा ७ अर्ब ४३ करोड बिगो दाबी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २७, २०७८


(ABC-SANCHAR)
काठमाडौं । झण्डै चार अर्ब कर छलि गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ।

राजश्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छलि गरेको अभियोगमा आज उच्चअदालत पाटनमा मुद्दा दायर गरेको हो।
कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटिडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य तीन हजार ८८३ थियो।

सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य ५३६ लाई लागतको रूपमा घटाउँदा हुन आउने रकम तीन हजार ३४७ प्रतिकित्ता पूजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ।

सोही आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४ लाख ८४ हजार ३०१ को बिक्री वापत जम्मा चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४४७ पूँजीगत लाभ कायम हुने विभागले जनाएको छ।

आयकर ऐन, २०५८ को अनुसूची १ को दफा २९१० बमोजिम २५ प्रतिशतका दरले हुने तीन करोड ४१ लाख ९५० रूपैयाँ र दफा ११८ बमोजिम ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख ६ हजार ६२२ रूपैयाँ र दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने एक अर्ब १० करोड २२ लाख ६५ हजार ११५ रूपैयाँ र दफा १२० ९ख० बमोजिमको शुल्क एक अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ रूपैयाँ समेत कुल बिगो तीन अर्ब ७१ करोड ८१ करोड ५० लाख ४११ रूपैयाँ हुने जनाइएको छ।

राजश्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ को उपदफा ९छ १० बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

विभागले बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेड, कम्पनीका सञ्चालक समितिमा रहेका रहेका संयुक्त अरब ईमिरेट्सको दुबईस्थित कम्पनी कोका कोला साउथबेष्ट होल्डिङ लिमिटेडको कोका कोला साब्को एशियाको तर्फबाट प्रतिनिधित्व गर्ने चेयरम्यान शुक्ला वासन लगायतका १७ जनाविरुद्धमा मुद्दा दायर गरेको हो।

विभागले उनीहरूविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बिगो र सजायको मागदावी गरेको छ। साथै अधिकारीहरूलाई समेत राजश्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४९झ० र दफा २३ ९३० को कसुरमा ऐनको दफा २३९३० बमोजिम सजाय हुन मागदावीसहित अभियोगपत्र दायर गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

दाङ । भालुवाङ दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे साझा संगठन राप्ती प्रेस मञ्चको मासिक नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ । अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुख्यतया ४ वटा प्रस्तावहरुमाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ । राप्ती प्रेस मञ्चले बढ्‌दो लागूऔषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण […]

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

error: Content is protected !!