२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

कर छलेको आरोपमा कोकाकोला विरुद्ध अदालतमा मुद्दा ७ अर्ब ४३ करोड बिगो दाबी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २७, २०७८


(ABC-SANCHAR)
काठमाडौं । झण्डै चार अर्ब कर छलि गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ।

राजश्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छलि गरेको अभियोगमा आज उच्चअदालत पाटनमा मुद्दा दायर गरेको हो।
कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटिडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य तीन हजार ८८३ थियो।

सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य ५३६ लाई लागतको रूपमा घटाउँदा हुन आउने रकम तीन हजार ३४७ प्रतिकित्ता पूजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ।

सोही आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४ लाख ८४ हजार ३०१ को बिक्री वापत जम्मा चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४४७ पूँजीगत लाभ कायम हुने विभागले जनाएको छ।

आयकर ऐन, २०५८ को अनुसूची १ को दफा २९१० बमोजिम २५ प्रतिशतका दरले हुने तीन करोड ४१ लाख ९५० रूपैयाँ र दफा ११८ बमोजिम ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख ६ हजार ६२२ रूपैयाँ र दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने एक अर्ब १० करोड २२ लाख ६५ हजार ११५ रूपैयाँ र दफा १२० ९ख० बमोजिमको शुल्क एक अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ रूपैयाँ समेत कुल बिगो तीन अर्ब ७१ करोड ८१ करोड ५० लाख ४११ रूपैयाँ हुने जनाइएको छ।

राजश्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ को उपदफा ९छ १० बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

विभागले बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेड, कम्पनीका सञ्चालक समितिमा रहेका रहेका संयुक्त अरब ईमिरेट्सको दुबईस्थित कम्पनी कोका कोला साउथबेष्ट होल्डिङ लिमिटेडको कोका कोला साब्को एशियाको तर्फबाट प्रतिनिधित्व गर्ने चेयरम्यान शुक्ला वासन लगायतका १७ जनाविरुद्धमा मुद्दा दायर गरेको हो।

विभागले उनीहरूविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बिगो र सजायको मागदावी गरेको छ। साथै अधिकारीहरूलाई समेत राजश्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४९झ० र दफा २३ ९३० को कसुरमा ऐनको दफा २३९३० बमोजिम सजाय हुन मागदावीसहित अभियोगपत्र दायर गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

error: Content is protected !!