(ABC-SANCHAR)
बाँके । नेपालगन्ज वडा नम्बर १० को कार्यालय र ट्राफिक चोकको बीचको सडकमा गुडिरहेको KA 29B-3640 नम्बरको भारतीय टिपरमा आज दिउँसो सवा १ बजे आगलागी भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए ।
गुडिरहेको टिपरको चालक बस्ने भित्रपट्टि एक्कासी ब्याट्री सर्ट भएर आगलागी हुँदा अगाडिको भाग जलेर पूर्ण रुपमा नष्ट भएको बाँके ट्राफिक प्रमुख शाहले जानकारी दिएका छन् । आगलागी हुने बित्तिकै दमकल आएर आगलागी नियन्त्रण गरेपनि अगाडिको भाग जलेर नष्ट भएको छ । नेपालगन्जको सुख्खा बन्दरगाहको कामको लागि माटो लिएर जाँदै गरेको अवस्थामा आगलागी भएको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।