२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

भेरी नदिमा नुहाउन गएका ३ जना बालबालिका बेपत्ता

Logo
प्रकाशित आइतबार, फाल्गुण २९, २०७८


(ABC-SANCHAR)
सुर्खेत । भेरी नदीमा नुहाउँदै गर्दा बगेर बेपत्ता भएका तीनजना बालबालिका अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बालबालिका नदीबाट हराएदेखि खोज्न सुरु गरिएपनि अझै फेला पार्न सकिएको छैन ।

उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाइएको छ । हिजो बेलुका करिब पाँच बजेतिर भेरीगंगा नगरपालिका वडा नम्बर ११ रामघाटमा रहेको भेरी नदीमा नुहाइरहेका दुईजना बालिका र एकजना बालक बेपत्ता भएका प्रहरीले जनाएको छ ।

भेरीगंगा नगरपालिका वडा नम्बर १३ का १२ वर्षीया गंगा खड्का, १२ वर्षीया कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका–५ का ८ वर्षीय दिनेश बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!