
(ABC-SANCHAR)
सुर्खेत । भेरी नदीमा नुहाउँदै गर्दा बगेर बेपत्ता भएका तीनजना बालबालिका अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बालबालिका नदीबाट हराएदेखि खोज्न सुरु गरिएपनि अझै फेला पार्न सकिएको छैन ।
उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाइएको छ । हिजो बेलुका करिब पाँच बजेतिर भेरीगंगा नगरपालिका वडा नम्बर ११ रामघाटमा रहेको भेरी नदीमा नुहाइरहेका दुईजना बालिका र एकजना बालक बेपत्ता भएका प्रहरीले जनाएको छ ।
भेरीगंगा नगरपालिका वडा नम्बर १३ का १२ वर्षीया गंगा खड्का, १२ वर्षीया कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका–५ का ८ वर्षीय दिनेश बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए ।