२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं उपत्यकाबाट मापसे गरेर सवारी साधन चलाउनेहरु १०६ जना कार्वाहीमा

Logo
प्रकाशित शुक्रबार, चैत्र ०४, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार १०६ जनालाई कारबाही गरेको छ। फागु पूर्णिमा (होली)का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका उनीहरूलाई कारबाही गरेको प्रहरीले जनाएको छ।

बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने १०६ जनालाई कारबाही गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।

यसैगरी बिनाहेल्मेट, तीनजना चढ्ने र लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ जना सवारीचालकलाई कारबाही गरिएको छ।

एसएसपी जोशीले रङको पर्वमा होहल्ला गरी सवारी चलाउने, नशालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मद्देनजर गरेर बिहानैदेखि विभिन्न ठाउँमा चेकिङ कडा पारिएको बताए। उनले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाई चेकजाँच गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]