२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

दाङ कांग्रेस क्षेत्र नं. २ ले प्रतेक वडामा प्रतिनीधी खटाउने निर्णय गर्‍यो

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

(ABC=SANCHAR)
दाङ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले केन्द्रीय निति अनुसार सञ्चालन भईरहेको ‘घर–घर जाऔँ कांग्रेस जिताउ’ अभियानकालागी क्षेत्रमा रहेका वडाहरुमा प्रतिनिधी खटाएको छ । क्षेत्रीय समितिको आईतवार बसेको नियमीत बैठकले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथ फागुन २९ गते देखि सुरु भएको एक महिने अभियानका लागि क्षेत्रिय कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधीको रुपमा हरेक वडाहरुमा खटाउने निर्णय गरेको हो ।

क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर २ भित्र पर्ने २७ वटा वडाहरुमा प्रतिनिधीहरु खटाएको हो । जसअनुसार बंगलाचुली गाँउपालिका १ मा बदरुदिन राईन, २ मा जयभोला परियार, ३ मा पुनी गिरी, ४ मा तेजमणी दाहाल, ५ मा हिमाल महरा, ६ मा धनेश्वर आचार्य, ७ मा युवराज आचार्य र ८ मा पदमराज शर्मालाई खटाएको छ । यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा देवा सुवेदी, ६ मा पार्वता योगी, ७ मा झगबहादुर बस्नेत, ८ मा मधुसुदन अधिकारी, ९ मा निमबहादुर चौधरी, १० मा जंगबहादुर जिसी, ११ मा चित्रबहादुर डाँगी (निर्मल) र हिमबहादुर रावत, १२ मा शारदा दाहाल, १३ मा ताराबहादुर डिसी र दानहादुर बुढाथोकी, १४ मा तुलसीकुमारी वली, १५ मा कमल गौतम, १६ मा खुमा खड्का, १७ मा रेखा केसी, १८ मा शान्ता घिमीरे र १९ मा हर्कबहादुर घर्तिलाई प्रतिनीधी खटाएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा सीता चौधरी, १७ मा राधा भण्डारी, १८ मा प्रज्ञान रेग्मी र १९ मा दिनेश नेपालीलाई खटाईएको छ ।

बैठकले १५ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ । जसमा सभापति भिमप्रकाश खड्का, उपसभापति प्रकाश श्रेष्ठ र अभियान बस्नेत, सचिव हिमबहादुर डाँगी र आर.के.शीतल, सहसचिव रमेशकुमार पाण्डे र रञ्जीत श्रेष्ठ, कोषाध्यक्ष गोपाल भुषाल, सदस्यहरु चित्रबहादुर डाँगी (निर्मल), कमलप्रसाद गौतम, जंगबहादुर जिसी, निमबहादुर चौधरी, जगबहादुर बस्नेत, युवराज आचार्य र राधाकुमारी भण्डारी रहेनुभएको छ । बैठकले क्षेत्र नम्बर २ मा रहेका वडाहरुको हालसम्म भएका कार्यहरुको समीक्षा र आगामी स्थानीय निर्वाचनबारे योजना तयार गर्नकालागी वडा सभापति र वडा सचिवहरुसँगको भेला यही चैत १४ गते घोराहीमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले नेपाली कांग्रेसका नेता शिखर पुरुष गिरिजाप्रसाद कोईराला र नेता खुमबहादुर खड्काको स्मृति दिवशमा कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै महासमिति सदस्य एवं महिला संघ दाङका अध्यक्ष गोमा रावतको वुवा केशरबहादुर बस्नेतको हालै निधन भएकाले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।काईरालाको स्मृतिमा कार्यक्रम गरिने
नेपालका शिखर पुरुष एवं नेपाली कांग्रेसका नेता, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको स्मृति दिवशमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ को आयोजनामा स्मृति दिवशमा कार्यक्रम आयोजना गरिएको क्षेत्रीय सभापति भिमप्रकाश खड्काले जानकारी दिनुभयो । साथै उनले सोमवार बिहान ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालय घोराहीमा कार्यक्रम हुने भएकाले उपस्थितिकालागी नेपाली कांग्रेसका नेता, केन्द्रिय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, जिल्ला, संघ क्षेत्र, प्रदेश क्षेत्र, पालिका, वडा तथा टोल समिति, भातृ तथा सुवेच्छुक संघसंस्थाका प्रमुख एवं प्रतिनीधीहरुलाई अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!