ABC (सञ्चार )
नेपाल प्रहरीका २५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरेकाे हो ।
सरुवा अनुसार लामो समय प्रहरी प्रधान कार्यालयमा रहेका डीएसपी अंगुर जिसीलाई ललितपुर परिसर पठाइएको छ । उनी निर्मला पन्त प्रकरणमा राजनीतिक र संगठनको कोपभाजनमा परेका पीडित अधिकृत हुन् ।
यस्तै केही जिल्लाका प्रहरी प्रमुखको समेत जिम्मेबारी फेरबदल भएको छ ।