२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

दाङ प्रहरीले एक होटलबाट ३ जना युवाहरुलाई ब्राउन सुगरसहित पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८


ABC (क्राईमबिट)
दाङ । घोराहीमा अदालत नजिकैको एक रेष्टरेण्टबाट तीन युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ का २८ बर्षीय बिक्रम चौधरी, घोराही– १७ का २५ बर्षीय सुनिल बिक र घोराही – १४ का २७ बर्षीय २१ बर्षीय सुशील एरी रहेका छन् ।
गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले रेष्टुरेण्टको क्याबनमा शंकाष्पद अवस्थामा बसिरहेका बिक्रम चौधरीको साथबाट उक्त परिमानमा ब्राउन सुगर बरामद भएको प्रहरी प्रबक्ता रिजालले जानकारी दिए ।
चौधरीको साथबाट १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् ।
उनीहरुलाई बुधबार बेलुका ६ बजेतिर जिल्ला अदालत नजिकै रहेको पार्वती रेष्टुरेण्ट नास्ता पसलबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

बिक्रमले लगाएको पाइन्टको गोजीबाट १६ पुडिया ब्राउन सुगर बरामद भएको र आवश्यक कानुनी कारबाहीको प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!