दाङ । नेपालकै सर्वाधिक दोस्रो उपन्यास लेख्नुभएका साहित्यकार एवं पत्रकार सविन प्रियासनले किताब लेखन प्रतियोगितामा सहभागिता जनाउने इच्छा व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा यस सम्बन्धी धारणा पोस्ट गर्दै उहाँले प्रतियोगितामा जितेमा पुरस्कारबाट सामाजिक कार्य गर्ने समेत उद्घोष गर्नुभएको छ। प्रियासनले सामाजिक सञ्जालमा लेख्नुभएको छ –
किताब लेखन प्रतियोगिता आयोजना कहिले होला ?
कुनै संस्थाले शिक्षा, स्वास्थ्य, उद्यमशीलता, रोजगार, पर्यटन, कृषि, वन, वातावरण, खेलको विषयमा होस् वा उपन्यास नै किन नहोस् ! किताब लेखन प्रतियोगिताको आयोजना गरोस्, सहभागीबाट एक लाख इन्ट्री फी ल्याओस् l कम्तिमा पनि १०० जना जति प्रतियोगी होउन l जित्नेहरूलाई ७५ प्रतिशत रकम पुरस्कार बाडियोयोस् l प्रतियोगिता ३ देखि ७ दिनसम्म सञ्चालन गरोस् l म यस्तो प्रतियोगितामा सहभागी हुन चाहन्छु l जितेछु भने उक्त रकमबाट सामाजिक कार्य गर्नेछु।
सबिन प्रियासन, दाङ (९८५७८३०३४३)