२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

कारबाहीमा परेका डिएसपीलाई फेरि पुरस्कृत

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

(एबिसि सञ्चार )                                                    प्रहरी  प्रधान कार्यालयले मंगलबार गरेको डिएसपीको काज सरुवा विवादमा तानिएको छ । यसअघि विभागीय कारबाहीमा परेका डिएसपीलाई फेरि पुरस्कृत गर्दै जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

म्याग्दीको प्रहरी प्रमुखको जिम्मेवारी पाएका तिलक भारती तिनै अधिकृत हुन् जसले दरबारमार्ग वृत्तको प्रमुख हुँदा बलात्कार जस्तो गम्भीर मुद्दा मिलापत्र गराएका थिए । होटल ल्यान्डमार्गमा भएको सामूहकि बलात्कारको घटना प्रहरीकै मिलेमतोमा मिलापत्र गराइएको थियो । जसमा वृत्तका प्रहरीले आर्थिक लेनदेन गरेको समेत पुष्टि भएको थियो । जसमा भारतीलाई पनि कारबाही भएको थियो ।

तर, पछि उनलाई सातदोबाटो वृत्तको जिम्मेवारी दिइयो । उनले नै डिएसपीको तेस्रो इन्चार्जको पाएका छन् । पूर्व सभामुख कृष्णबहादुर महराको आफन्त भएकै आधारमा उनले उन्मुक्ति मात्र होइन अवसर समेत पाइरहेका छन् । जसले प्रहरी संगठनका इमान्दार अधिकृतहरुको फेरि पनि शिर निहुरिएको छ । यसअघि पनि प्रहरी महानिरीक्षक शैलेश थापाले रंगेहात घुस प्रकरणमा परेका डिएसपी श्याम राईलाई म्याग्दीको जिम्मेवारी दिएका थिए । म्याग्दीमा कमाण्डरको कमजोरीले मानव बेचबिखनका अभियुक्त सहजै भागेको घटनामा पनि कारबाही भएन । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!