२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

प्रहरी नियमावली विपरीत २५ जना डीएसपीहरूकाे काज सरूवा किन ?

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

 

ABC (क्राईमबिट)

गृह मन्त्री खाणले निर्वाचनकाे मुखमा आफू अनुकूल जिल्ला प्रहरी प्रमुख खटाए

काठमाडाैं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर २०७९ वैशाख १८ गते अवकास हुँदैछन् । अवकास हुन अब ३९ दिन बाँकी रहेकाे छ । अवकासकाे मुख आईजीपी थापा क्षेत्रीले संगठनबाट जस पाउने काम चाहिं गर्न असफल भएकाे पाइएकाे छ ।

नेपाल प्रहरी नियमावली २०७१ काे आठाैं संशाेधन २०७७ ले समेत नदिएकाे अधिकार प्रयाेग गरेर संगठन र फाेर्समाथि नै प्रश्न चिन्ह खडा हुने जिल्ला प्रहरी प्रमुखहरूकाे काज सरूवा गरिएकाे छ ।

स्थानीय तहकाे निर्वाचनकाे मुखमा प्रहरी जस्ताे महत्वपूर्ण संगठनका जिल्ला प्रमुखहरूकाे काज सरूवा गरेर प्रहरी नियमावलीकै धज्जी उडाउने काम प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट गरिएकाे छ ।

गृह मन्त्रालय स्राेतका अनुसार, गृहमन्त्री बालकृष्ण खाणकाे ठाडाे निर्देशनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २०७८ चैत ८ गते २५ जना प्रहरी नायव उपरीक्षकहरूकाे काज सरूवा गरेका छन् ।

हुल दंगा जस्ताे असामान्य अवस्थामा बाहेक प्रहरी नियमावली २०७१ काे आठाैं संशाेधन २०७७ ले नेपाल प्रहरी फाेर्समा काज सरूवा, का.मु. र कार्यवाहककाे कल्पना नै गरेकाे छैन ।

गठबन्धन सरकारमा नेपाली कांग्रेसले सम्हालेकाे गृह मन्त्री बालकृष्ण खाणकाे हुकुमी शैली शिराेधार्य गर्दै निर्वाचनकाे मुखमा प्रहरी ऐन, नियम विपरीत प्रहरीका जिल्ला प्रमुखहरूकाे काज सरूवा गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नियमकाे ठाडाे उल्लंघन गरिएकाे गुनासाे प्रहरी विभागका अधिकृतहरूबाट नै गरिएकाे छ । निर्वाचनकाे मुखमा गृह मन्त्री खाणले आफू र आफू अनुकूलका जिल्ला प्रहरी प्रमुखहरू छानीछानी पठाउनका लागि निर्देशन दिएकाे गृह मन्त्रालय स्राेतबाट जानकारी हुन आएकाे छ ।

जानकारी हुन आए अनुसार, डीएसपी कृष्णराज ओझाले हुम्ला प्रहरी प्रमुखमा काज खटाइएकाे छ, प्रकाश डाँगी पूर्वी रूकुम प्रहरी प्रमुख, तिलक भारती म्याग्दीकाे प्रहरी प्रमुख, प्रतिक विष्ट दार्चुलाकाे प्रहरी प्रमुख, प्रेम सागर केसी मनाङकाे प्रहरी प्रमुख, विष्णु प्रसाद साेती पश्चिम रूकुमकाे प्रहरी प्रमुख, सन्ताेष निराैला जाजरकाेटकाे प्रहरी प्रमुख, सुकदेव खनाल ओखलढुंगा जिल्लाकाे प्रहरी प्रमुख र सुनिल जंग शाह साेलुखुम्बुकाे प्रहरी प्रमुखमा काज सरूवा गरिएकाे छ । केही डीएसपीहरूलाई ट्वाइसीबाट ट्वाइसीमै खेदिएकाे छ भने कतिपयले जिल्ला प्रहरीकाे नेतृत्व गर्ने अवसर पाएका छन् । साँघु-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!