२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपाल प्रहरीको महानिरीक्षकमा ठुलो राजनीति केपी शर्मा ओलीको ‘सेटिङ

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदमा अहिले शैलेश थापा क्षेत्री कार्यरत छन् । अहिलेसम्म संगठनभित्र इमान्दार छवि बनाएका क्षेत्री गृहमन्त्री र प्रधानमन्त्री कार्यालयको दोहोरो निर्देशनको कोपभाजनमा परेका छन् । जतिसुकै तनावमा परे पनि आगामी ०७९ बैशाख १९ गते महानिरीक्षक क्षेत्रीले अवकाश पाउनेछन् । त्यसपछि पनि नयाँ प्रहरी महानिरीक्षकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै ‘सेटिङ’ कायम रहने देखिन्छ ।

नेपाल प्रहरीमा हाल ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) छन् । सातै प्रदेशलाई प्रतिनिधित्व हुने गरी कम्तिमा ७ जना एआइजीहरु राखिनुपर्ने बहस चलिरहे पनि पूर्ववर्ती ओली सरकारले ५ जना मात्रै एआइजी कायम गरेको थियो । अहिले यिनै चारजना एआइजीहरु आइजीपीका दाबेदारका रुपमा मैदानमा छन् ।

हाल बहाल रहेका ५ एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, विश्वराज पोखरेल र सहकुल बहादुर थापा हुन् । यीमध्ये पाल, शाही र कार्कीले आगामी बैशाख १९ मा आइजीपी शैलेशसँगै ३० वर्षे सेवावधिका कारण अवकाश पाउँदैछन् । त्यसपछि विश्वराज पोखरेल र सहकुलबहादुर थापा मध्ये एकजनालाई आइजीपी बनाउनुपर्ने हुन्छ । विश्वराज पोखरेललाई ओली सरकारले उनीभन्दा बरिष्ठहरुलाई पछि पार्दै ०७६ बैशाख २७ गते डीआइजीबाट एआइजीका बढुवा गरेको थियो । ईश्वर पोखरेलसँग निकट रहेका भनिएका पोखरेललाई शैलेश थापापछि आइजीपी बनाउनकै लागि ओली सरकारले एआइजीमा एक्लै बढुवा गरेको चर्चा प्रहरी संगठनभित्र चल्ने गरेको छ ।

नेपाल प्रहरीका एक पूर्वअधिकारी भन्छन्, ‘विश्वराजलाई आइजीपी बनाउन ओली सरकारले सेटिङ मिलाएको थियो, तर पछि केही कथंकाल उनी हुन पाएनन् भने आफ्नै मान्छे लाइनमा रहुन् भन्ने उद्देश्यले सहकुलबहादुर थापालाई एआइजीमा बढुवा गरियो ।’

सहकुलबहादुर थापालाई एमाले सरकारले २०७७ बैशाख ७ गते एआइजी बनाएको हो । जबकि थापाभन्दा सिनियर १२ जना अधिकृतहरु अहिलेसम्म डीआइजी नै छन् । विश्वराज र सहकुलभन्दा सिनियर डीआइजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहोरा, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र सौरभ राणा हुन् ।

त्यसो त विश्वराज र सहकुलका ७ जना ब्याचीहरु पनि अहिलेसम्म डीआइजी पदमै कार्यरत छन् । एमाले सरकारका पालामा एआइजी बढुवा हुँदा ठगिएकाहरुमा डीआइजी धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी, अरुण कुमार बीसी, मुकुन्दराज आचार्य र दिवेश लोहनी छन् ।ओलीको ‘सेटिङ’

‘आइजीको पहिलो लाइनमा रहेका एआइजी विश्वराज पोखरेल नेकपा एमालेले सेटिङ मिलाएका भावी आएजीपी हुन्’ प्रहरी संगठनका जानकार एक पूर्वप्रहरी अधिकारीले रातोपाटीसँग भने, ‘कथंकाल विश्वराजबाट धोका भयो भने आइजीपी आफ्नै निकटको होस् भनेर सहकुल थापालाई दोस्रो नम्बरमा एमालेले सेटिङ मिलाएको हो ।’

अब नेपाल प्रहरीका १९ डीआईजीमध्ये बैशाख १९ गते अवकाश पाउने १२ जनालाई छाडेर बाँकी ७ जनामध्येबाट केहीलाई एआइजी बनाइनुपर्ने प्रहरी संगठनभित्र आवाज उठ्न थालेको छ । यसो भएमा एआइजीहरुको संख्या बढ्ने र आइजीपीका लागि पोखरेल र थापाबाहेक तेस्रो व्यक्ति पनि दाबेदार बन्न सक्ने प्रहरी स्रोत बताउँछ ।

विश्वराज पोखरेलको नेतृत्व क्षमता कमजोर रहेको र राजनीतिक दलका नेताहरुलाई क्रस गर्न नसक्ने भएकाले उनले आइजीपी चलाउन नसक्ने उनका प्रतिस्पर्धीहरुको आरोप छ । उता सहकुल थापा भने स्वच्छ छविका नभएको आरोप लाग्ने गरेको छ । प्रहरी स्रोत भन्छ, ‘अब एआइजीको पुरानो सेटिङ भत्काउनुपर्छ र काबिल मानिसलाई संगठनको नेतृत्वमा पुग्ने ढोका खोल्नैपर्छ ।’

यसका लागि सातै प्रदेशमा आइआइजीहरुको नेतृत्व रहने गरी प्रहरी संगठनको पुनर्संरचना गरिनुपर्ने अनि विश्वराज र सहकुलका ब्याचीहरु मध्येबाट तत्कालै एआइजी बढुवा गरी नेतृत्व विकास गरिनुपर्ने स्रोतले बतायो । विश्वराज र सहकुलका ब्याजी डीआइजीहरु धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी, अरुण कुमार बीसी, मुकुन्दराज आचार्य र दिवेश लोहनी हुन् ।

पछिल्लो समय देउवा सरकारले प्रदेशगत रुपमा एआइजीहरु थप्नुको साटो ६ जना डीआइजीको दरबन्दी थप्ने तयारी अगाडि बढाएको छ । यही कात्तिकदेखि फागुनसम्म अवकाश पाउन लागेका काँग्रेस निकट ६ जना एसएसपीहरुलाई डीआइजीको फुली लगाइदिन काँग्रेस सरकारले डीआइजीको दरबन्दी थप्न लागेको हो । गृहमन्त्री बालकृष्ण खाणको यो योजनालाई अर्थमन्त्रालयले स्वीकृति दिएको छैन । सभार रातो-पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!