०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

( एबिसी संचार )                                                 दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ । वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीले बताए ।


बिहीबार गाउँपालिकाले गुराँस आधारभूत विद्यालय रानीमत्ताको विद्यालयमा गोदाम गरी राखिएको लत्ताकपडा, भाँडाकुँडा, सिलाई मेसिन र फिल्टरलगायतका सामानहरू अपारदर्शी तरिकाले अन्यत्र लैजान खोजिएको त्यस विषयमा गाउँपालिका उद्देश्यका विषयमा जानकारी दिनुपर्ने अध्यक्ष वलीले बताए । ‘सार्वजनिक सम्पत्ति हिनामिना हुन थालेपछि हामीले तालाबन्दी गर्नु परेको हो,’ उनले भने,‘पटक पटक सार्वजनिक सम्पत्तिको हिनामिना हुँदै आएको छ ।’साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]