०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

धनुषामा प्रहरी र स्थानीय व्यापारीबीच झडप

Logo
प्रकाशित आइतबार, चैत्र १३, २०७८

ABC ( क्राईमबिट  )धनुषामा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ। झडपमा प्रहरीसहित दुई जना घाइते भएका छन्। पान पसलमा अज्ञात समूहले आगजनी गरेपछि आक्रोशित स्थानीयले गरेको विरोध प्रदर्शनलाई रोक्न खोज्दा झडप भएको हो।   धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शनिबार राति सन्तोषकुमार मण्डलको शान्ता पान पसलमा आगजनी भएको छानबिनमा प्रहरी र जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

‘पान पसलमा आगलागी भएपछि दोषीलाई कारबाहीको माग गर्दै व्यापारीले प्रदर्शन गरेछन्,’ प्रमुख जिल्ला अधिकारी पौढल भन्छन्, ‘उनीहरुले प्रहरीले, जनप्रतिनिधिले घटनाको छानबिन गर्न बेवास्ता गरेको भन्दै टायर बालेर प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्न खोज्यो रोक्न खोज्ने प्रहरीमाथि नै आक्रमण हुन थालेपछि अश्रुग्यास प्रहार भएको हो।’ अहिले अवस्था सामान्य भइसकेको उनको भनाइ छ। साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!