२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

नेपाल प्रहरीका ६ जना एसपीहरुको काज सरुवा को का जादै को आउदै

Logo
प्रकाशित सोमबार, चैत्र १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार ६ जना एसपीको काज सरुवा गरेको छ । योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन् ।

काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ ।

सिन्धुपाल्चाेकमा रहेका राजन अधिकारीकाे अख्तियार केन्द्रीय कार्यालय, माेरङमा रहेका जनार्दन जिसीकाे उपत्यका प्रहरी कार्यालय रानीपाेखरी र पश्चिम नवलपरासीका मनाेजकुमार यादवकाे गण्डकी प्रदेश प्रहरी सशस्त्र गण कास्कीमा काज सरुवा भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!