२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

घुसकाण्डमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी आइजिपीबाट पुरस्कृत

Logo
प्रकाशित सोमबार, चैत्र १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । संगठित रुपमा घुसखोरी चलाएको आरोपमा आफैंले निलम्बन गरेर कारबाही गरेका एसपीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका छन् । एसपी रामेश्वर यादबलाई सिन्धुपाल्चोकको जिम्मेवारी दिएर उनले पुरस्कृत गरेका हुन् ।

एसपी यादब कर्णाली प्रदेशको ट्राफिक इन्चार्ज हुँदा मातहतसँग पैसा उठाएको आरोपमा निलम्बनमा परेका थिए । जागिर नै जाने घटना भएपछि उनलाई विभागीय कारबाही गरेर जोगाइएको थियो । उनै यादबलाई सिन्धुपाल्चोक पठाइएको छ ।

त्यतीबेला एसपी यादब, अर्का एसपी विमल बस्नेत र इन्सपेक्टर मेघराज चौरसियालाई निलम्बन गरी कारबाही गरिएको थियो ।

कसलाई पठाउने भन्ने विवादका कारण सिन्धुपाल्चोकमा १९ महिनासम्म एसपीको सरुवा हुन सकेको थिएन ।

त्यस्तै, मोरङमा शान्तिराज कोइराला तथा ऋषिराज कँडेललाई पश्चिम नवलपरासीमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]