०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

घुसकाण्डमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी आइजिपीबाट पुरस्कृत

Logo
प्रकाशित सोमबार, चैत्र १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । संगठित रुपमा घुसखोरी चलाएको आरोपमा आफैंले निलम्बन गरेर कारबाही गरेका एसपीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका छन् । एसपी रामेश्वर यादबलाई सिन्धुपाल्चोकको जिम्मेवारी दिएर उनले पुरस्कृत गरेका हुन् ।

एसपी यादब कर्णाली प्रदेशको ट्राफिक इन्चार्ज हुँदा मातहतसँग पैसा उठाएको आरोपमा निलम्बनमा परेका थिए । जागिर नै जाने घटना भएपछि उनलाई विभागीय कारबाही गरेर जोगाइएको थियो । उनै यादबलाई सिन्धुपाल्चोक पठाइएको छ ।

त्यतीबेला एसपी यादब, अर्का एसपी विमल बस्नेत र इन्सपेक्टर मेघराज चौरसियालाई निलम्बन गरी कारबाही गरिएको थियो ।

कसलाई पठाउने भन्ने विवादका कारण सिन्धुपाल्चोकमा १९ महिनासम्म एसपीको सरुवा हुन सकेको थिएन ।

त्यस्तै, मोरङमा शान्तिराज कोइराला तथा ऋषिराज कँडेललाई पश्चिम नवलपरासीमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!