२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

हेडक्वार्टरमा एमाले एआइजीको समानान्तर सत्ता आइजीपीको भन्दा ठूलो सचिवालय किन ?

Logo
प्रकाशित मंगलबार, चैत्र १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक (आइजीपी) हुन् शैलेश थापा । उनको सचिवालयको नेतृत्व प्रहरी उपरिक्षक सविन प्रधानसहित २ जना डिएसपीहरुले गरिरहेका छन् । प्रहरी महानिरिक्षक थापाले चोहेको भए त्यो भन्दा उपल्लो दर्जाको प्रहरी कर्मचारीको नेतृत्वमा दर्जनौँ कमाण्डरलाई सचिवालयमा राख्न सक्थे । तर, तडक भडक र रवाफ देखाउन नचाहने आइजीपी थापाले सानै समुहबाट यति ठूलो प्रहरी संगठन चुस्त रुपमा परिचालन गरिरहेका छन् ।

यता प्रहरी प्रधान कार्यालयमै अर्का एक एआइजीले भने आइजीपीले भन्दा ठूलो सचिवालय मात्रै बनाएका छैनन् भावि आइजीपी मै हुँ समानान्तर सत्ता चलाइरहेको पाइएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन केपी ओलीको निगाह र ईश्वर पोखरेलको आशिर्वादमा एआइजी बनेका विश्वराज पोखरेलले प्रहरी प्रधान कार्यालयमा समानान्तर सत्ता चलाएको आरोप छ ।

उनले आइजी थापाले भन्दा जम्बो सचिवायल मात्रै बनाएका छैनन् । आफू आइजीपि बन्ने पक्का रहेको भन्दै फौज भित्र दुष्प्रचार गर्दै आएका छन् । स्रोतका अनुसार एआइजी पोखरेलको सचिवालयमा दुई जना एसपी सक्रिय छन् । एसपी मनोज केसी र अर्का एसपी भूपेन्द्र खत्रीलाई पोखरेलले सचिवालयमा खटाएका छन् । त्यस्तै डिएसपी कुमुद ढुंगेल र बसुन्धारा खड्का पनि पोख्रेलको सचिवालयमा खटिएका छन् । ढुंगेल तिनै व्यक्ति हुन् जो लुटपाट मुद्दामा लामो समय फरार भएपछि धरौटी तिरेर रिहा भएका थिए । ढुंगेल सहित यतिका प्रहरीका उच्च तहका कर्मचारी राखेर पोखरेलले आफ्नो आफू प्रहरी महानिरिक्षक भएपछि के– के गर्ने भन्ने विषयमा भावी कार्यायोजना बनाइरहेका छन् ।
जवकी प्रहरीका एआइजीले आफ्नो सचिवालयमा एक जना इन्सपेक्टर राख्न पाउने व्यवस्था छ ।

तत्कालिन केपी ओली सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेपछि घोषणा गरेको चुनावमा समेत पोखरेल प्रहरीको चुनावी कमाण्डर थिए । पोखरेललाई कमाण्डर बनाए एमालेको पक्षमा जनमत ल्याउन सकिने भन्दै उनलाई चुनावी कमाण्डर बनाएको थियो । तर, प्रतिनिधि सभा विघटन नै असंवैधानिक ठहर भएपछि पोख्रेलको चुनावी कमाण्डर खोसिएको थियो ।

गृह प्र्रवक्ता भन्छन्,‘ओएण्डम स्विकृत भए अनुसार राख्नपाउँछन्’

यता गृह प्रवक्ता फणिन्द्रमणी पोखरेल ओएण्डएम स्विकृत भए अनुसार एआइजीको सचिवालय निर्धारण हुने बताउँछन् । ‘उनीहरुको ओएण्डएम स्विकृत भएको हुन्छ । कसैले कामको प्रकृतिको आधारमा धेरै राख्न पनि सक्छन्,’ उनले भने,‘त्यसलाई अन्यथा लिनु हुँदैन। दियो-पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!