०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

हेडक्वार्टरमा एमाले एआइजीको समानान्तर सत्ता आइजीपीको भन्दा ठूलो सचिवालय किन ?

Logo
प्रकाशित मंगलबार, चैत्र १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक (आइजीपी) हुन् शैलेश थापा । उनको सचिवालयको नेतृत्व प्रहरी उपरिक्षक सविन प्रधानसहित २ जना डिएसपीहरुले गरिरहेका छन् । प्रहरी महानिरिक्षक थापाले चोहेको भए त्यो भन्दा उपल्लो दर्जाको प्रहरी कर्मचारीको नेतृत्वमा दर्जनौँ कमाण्डरलाई सचिवालयमा राख्न सक्थे । तर, तडक भडक र रवाफ देखाउन नचाहने आइजीपी थापाले सानै समुहबाट यति ठूलो प्रहरी संगठन चुस्त रुपमा परिचालन गरिरहेका छन् ।

यता प्रहरी प्रधान कार्यालयमै अर्का एक एआइजीले भने आइजीपीले भन्दा ठूलो सचिवालय मात्रै बनाएका छैनन् भावि आइजीपी मै हुँ समानान्तर सत्ता चलाइरहेको पाइएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन केपी ओलीको निगाह र ईश्वर पोखरेलको आशिर्वादमा एआइजी बनेका विश्वराज पोखरेलले प्रहरी प्रधान कार्यालयमा समानान्तर सत्ता चलाएको आरोप छ ।

उनले आइजी थापाले भन्दा जम्बो सचिवायल मात्रै बनाएका छैनन् । आफू आइजीपि बन्ने पक्का रहेको भन्दै फौज भित्र दुष्प्रचार गर्दै आएका छन् । स्रोतका अनुसार एआइजी पोखरेलको सचिवालयमा दुई जना एसपी सक्रिय छन् । एसपी मनोज केसी र अर्का एसपी भूपेन्द्र खत्रीलाई पोखरेलले सचिवालयमा खटाएका छन् । त्यस्तै डिएसपी कुमुद ढुंगेल र बसुन्धारा खड्का पनि पोख्रेलको सचिवालयमा खटिएका छन् । ढुंगेल तिनै व्यक्ति हुन् जो लुटपाट मुद्दामा लामो समय फरार भएपछि धरौटी तिरेर रिहा भएका थिए । ढुंगेल सहित यतिका प्रहरीका उच्च तहका कर्मचारी राखेर पोखरेलले आफ्नो आफू प्रहरी महानिरिक्षक भएपछि के– के गर्ने भन्ने विषयमा भावी कार्यायोजना बनाइरहेका छन् ।
जवकी प्रहरीका एआइजीले आफ्नो सचिवालयमा एक जना इन्सपेक्टर राख्न पाउने व्यवस्था छ ।

तत्कालिन केपी ओली सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेपछि घोषणा गरेको चुनावमा समेत पोखरेल प्रहरीको चुनावी कमाण्डर थिए । पोखरेललाई कमाण्डर बनाए एमालेको पक्षमा जनमत ल्याउन सकिने भन्दै उनलाई चुनावी कमाण्डर बनाएको थियो । तर, प्रतिनिधि सभा विघटन नै असंवैधानिक ठहर भएपछि पोख्रेलको चुनावी कमाण्डर खोसिएको थियो ।

गृह प्र्रवक्ता भन्छन्,‘ओएण्डम स्विकृत भए अनुसार राख्नपाउँछन्’

यता गृह प्रवक्ता फणिन्द्रमणी पोखरेल ओएण्डएम स्विकृत भए अनुसार एआइजीको सचिवालय निर्धारण हुने बताउँछन् । ‘उनीहरुको ओएण्डएम स्विकृत भएको हुन्छ । कसैले कामको प्रकृतिको आधारमा धेरै राख्न पनि सक्छन्,’ उनले भने,‘त्यसलाई अन्यथा लिनु हुँदैन। दियो-पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!