२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

झापामा ट्रकमा ठोक्किएको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, चैत्र १५, २०७८

झापामा ट्रकमा ठोक्किएको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा हिजो साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागोको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे मृत्यु भएको हो । फागोले चलाएको नम्बर नखुलेको मोटरसाइकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किँदा अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । रासस

दुर्घटनापछि फरार भएका ट्रकका चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!