२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

ABC( Sanchar  )      स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आउँदो २५ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्वाचन आयोगले तयारी थालेको हो । आयोगका अनुसार यसअघि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियामा बिलम्ब हुँदा आचारसंहिता कार्यान्वयनको मिति केही दिन धकेलिएको थियो । आचारसंहिता उल्लंघन सम्बन्धी घटनाका उजुरीका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नहुँदा समस्या हुने भएकाले आचारसंहिता लागू गर्न केही ढिलो भएकोे निर्वाचन आयोगले जनाएको छ ।

आगामी २२ गते बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिताबारे आवश्यक छलफल हुने आयोग स्रोतको भनाइ छ । बैठकमा प्राप्त सुझावपछि आचारसंहिता लागू गर्ने आयोगको तयारी छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!