०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

ABC( Sanchar  )      स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आउँदो २५ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्वाचन आयोगले तयारी थालेको हो । आयोगका अनुसार यसअघि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियामा बिलम्ब हुँदा आचारसंहिता कार्यान्वयनको मिति केही दिन धकेलिएको थियो । आचारसंहिता उल्लंघन सम्बन्धी घटनाका उजुरीका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नहुँदा समस्या हुने भएकाले आचारसंहिता लागू गर्न केही ढिलो भएकोे निर्वाचन आयोगले जनाएको छ ।

आगामी २२ गते बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिताबारे आवश्यक छलफल हुने आयोग स्रोतको भनाइ छ । बैठकमा प्राप्त सुझावपछि आचारसंहिता लागू गर्ने आयोगको तयारी छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!