०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र प्रहरी नेपाल प्रहरी जवानको पेन्सन अवधि घटाउन गृह मन्त्रालयको प्रस्ताव

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ ।

दुवै सुरक्षा सङ्गठनमा प्रहरी जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव बुधबार गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएको बताइएको छ ।

प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ । यसका लागि प्रहरी नियमावलीको नियम १३१ मा संशोधन गर्ने तयारी गरिएको छ ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार प्रस्तावमा १६ वर्ष अवधि पूरा भएपछि राजीनामा दिएर जान पाइए पनि पेन्सन चाहिँ २० वर्ष पुगेपछि मात्रै पाइने उल्लेख छ । नेपाली सेनाले पनि यही प्रावधान राखेर सैनिक जवानहरूको पेन्सन अवधि घटाएको थियो ।

अर्थमा पठाइएको प्रस्ताव अनुसार प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्म २० वर्ष र प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म १८ वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्ने भनिएको छ । सशस्त्र प्रहरीमा पनि नेपाल प्रहरीको जस्तै प्रस्ताव गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!