२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अस्पतालमा तोडफोड

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

ABC ( Sanchar)                                    बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अस्पतालमा तोडफोड गरेका छन् । अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।

हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा आज मृत्यु भएको थियो । आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेपछि अस्पताल भवनको सिसा फुटेको, एम्बुलेन्स र भ्यानमासमेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीयले अत्तरिया चोकमा टायर बालेर प्रदर्शन जारी राख्दा यातायात सेवा पनि ठप्प बनेको छ । अस्पतालमा थप क्षति हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी जोशीले बताए । उनका अनुसार पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ताको प्रयास भइरहेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

error: Content is protected !!