०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अस्पतालमा तोडफोड

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

ABC ( Sanchar)                                    बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अस्पतालमा तोडफोड गरेका छन् । अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।

हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा आज मृत्यु भएको थियो । आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेपछि अस्पताल भवनको सिसा फुटेको, एम्बुलेन्स र भ्यानमासमेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीयले अत्तरिया चोकमा टायर बालेर प्रदर्शन जारी राख्दा यातायात सेवा पनि ठप्प बनेको छ । अस्पतालमा थप क्षति हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी जोशीले बताए । उनका अनुसार पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ताको प्रयास भइरहेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!