०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

ABC ( Sanchar)                                     एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको दुई स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले ४ जनालाई पक्राउ गरेको एक प्रहरी अधिकारीले बताए ।

महाशाखाका ती अधिकारीका अनुसार बानेश्वरस्थित एम्बिसन र ललितपुरको बालकुमारीस्थित सीसीआरसी कलेजबाट ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो। प्रहरीले यसबारे अनुसन्धान अघि बढाइएको जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!