०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन

Logo
प्रकाशित आइतबार, चैत्र २०, २०७८

ABC ( Sanchar)                                      रुपन्देहीमा यही चैत २२ देखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा दुई लाख ६६ हजार ५१८ बालबालिका छन् । उनीहरूका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो । उक्त अभियान सञ्चालनका लागि एक हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ सुपरीवेक्षक, ११ जिल्ला सुपरीवेक्षक तथा छवटा सहयोगी संघसंस्था परिचालन गरिने छ । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्र विद्यालयमा राखिएको छ । लुम्बिनी प्रदेशका अन्य जिल्ला कपिलवस्तु र नवलपरासीमा चैत २२ गतेदेखि तथा दाङ, बाँके, बर्दिया, पाल्पा र रोल्पामा चैत २३ गतेदेखि खोप अभियान सञ्चालन हुने छ ।

यसैगरी रुकुमपूर्व, अर्घाखाँची र प्यूठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाको सहजताअनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिने लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले बताए ।

दिसा मिसिएको, दूषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलोपटक खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!