२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

Logo
प्रकाशित आइतबार, चैत्र २०, २०७८

ABC ( Sanchar) झापा दमक–५ का कृष्णकुमार राईका १३ वर्षीय छोरा रोहण राईको शनिवार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

दमक–२ मा रहेको लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा अचानक बालक राई डुबेका र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । बालक एक्कासी दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग हारगुहार गरेका थिए ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको उनले बताए । उक्त बाँधमा एक वर्षअघि पौडी खेल्ने क्रममा एक युवाको पनि डुबेर मृत्यु भएको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

error: Content is protected !!