२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

आईतवारदेखी लागु हुने गरि देशभर यातायातको भाडादर बढायो सुचीसहित

Logo
प्रकाशित सोमबार, चैत्र २१, २०७८


(ABC=SANCHAR)
काठमाडौं । सरकारले आईतवार देखी लागु हुने गरी दाङ सहित देशभर यातायातको भाडादर बढाएको छ ।यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशत र मालवाहक गाडीको भाडा १५ प्रतिशत सम्म भाडा बृद्धि गरेको हो ।

यस्तैगरी पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढेको विभागले जनाएको छ ।

अब इन्धनको मूल्य पाँच प्रतिशत भन्दा धेरैले घटबढ भएमा त्यो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।गत असार यता डिजलको मूल्य ३४ प्रतिशत बढेको आधारमा अहिले नयाँ भाडा दर तय भएको विभागले जनाएको छ ।विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ ।साथै भाडा समायोजन भएपनि सरकारले लक्षित समुहलाई दिदै आएको सहुलियत भने कायमै रहने व्यवस्था रहेको जानकारी दिएको छ ।

सरकारले गरेको भाडा समायोजन अनुसार दाङ तुलसीपुर देखी विरगन्ज सम्मको भाडादर प्रति व्यक्ति १०८४ , तुलसीपुर लमही हुदै सुर्खेत सम्म ७३५ ,रुकुम खलङगा देखी तुलसीपुर हुदै काठमाण्डौ सम्म १८५७, रोल्पाको लिवाङ हुदै काठमाण्डौ १४८७, सल्लीबजार देखी देवस्थल हुदै काठमाण्डौ सम्म १६८२, सल्यान काठमाण्डौ १३८६, दाङ तुलसीपुर नरायणगढ मुग्लिङ हुदै पोखरा १११०, दाङ तुलसीपुर नरायणगढ हुदै बाग्लुङ १३६५, दाङ तुलसीपुर स्याङजा बाग्लुङ १२५१, नेपालगन्ज रुकुम खलङगा ११९१, प्युठान भालुवाङ हुदै महेन्द्रनगर १०९३, तुलसीपुर हुदै पोखरा वालिङ ९९६, तुलसीपुर देखी विराटनगर १७८०, तुलसीपुर महेन्द्रनगर ९१४, नेपालगन्ज जाजरकोट ७६२, नेपालगन्ज देखी सल्लीबजार ४८० र काठमाण्डौ देखी प्युठान १२८२ रुपैया कायम गरिएको छ । सरकारले तराईको लामो दुरी ( २५०) किलोमिटर सम्म सार्वजनिक सवारी साधनको भाडादर प्रतिकिलोमिटर २ रुपैया ६७ पैसाका दरले भाडा बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

error: Content is protected !!