२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

कुवामा हाम फालेर मृत्यु भएका पुरुषको शवलाई नेपाली सेनाले निकाल्यो

Logo
प्रकाशित सोमबार, चैत्र २१, २०७८

(ABC=SANCHAR)
दाङ । आइतबार बिहान साढे ८ बजे घोराही उपमहानगरपालिका २ रामपुर निमोरिया निवासी ३४ वर्षीय होमनारायण चौधरीले इनारमा हामफालेका थिए ।

चौधरीको शवलाई रणसिंह दल गणका सेनानी धिरज खत्रीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निकालेको रणसिंह दल गणका प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिए । प्रमुख सेनानी महर्जनका अनुसार ‘माउण्टेन वारसेयर’ गरेको दक्ष महिला तथा पुरुषको टोलीले इनारबाट शव निकालेको हो ।

चौधरीको शवलाई लगभग २५/३० फिट गहिरो इनारबाट निकालिएको उनले बताए । इनारमा पानीको मूल धेरै जाग्ने भएकोले पानी फाल्न कठिनाई भएको र पानी फाल्ने सामाग्री पनि सानो भएकोले शव निकाल्न समय लागेको प्रमुख सेनानी महर्जनले बताए । यसअघि पनि विभिन्न क्षेत्रका विपद्हरुमा नेपाली सेनाको रणसिंह दल गणले सहयोग गर्दै आएको छ ।

चौधरीले ईनारमा हामफालेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । चौधरीको अनैतिक सम्बन्धको खबर गाँउमा फैलिएपछि छानबिन गर्न बैठक बोलाउदा उनी त्यसबाट बच्नका लागि इनारमा हामफालेको हुन सक्ने प्रहरीको भनाई छ । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

error: Content is protected !!