०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कुवामा हाम फालेर मृत्यु भएका पुरुषको शवलाई नेपाली सेनाले निकाल्यो

Logo
प्रकाशित सोमबार, चैत्र २१, २०७८

(ABC=SANCHAR)
दाङ । आइतबार बिहान साढे ८ बजे घोराही उपमहानगरपालिका २ रामपुर निमोरिया निवासी ३४ वर्षीय होमनारायण चौधरीले इनारमा हामफालेका थिए ।

चौधरीको शवलाई रणसिंह दल गणका सेनानी धिरज खत्रीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निकालेको रणसिंह दल गणका प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिए । प्रमुख सेनानी महर्जनका अनुसार ‘माउण्टेन वारसेयर’ गरेको दक्ष महिला तथा पुरुषको टोलीले इनारबाट शव निकालेको हो ।

चौधरीको शवलाई लगभग २५/३० फिट गहिरो इनारबाट निकालिएको उनले बताए । इनारमा पानीको मूल धेरै जाग्ने भएकोले पानी फाल्न कठिनाई भएको र पानी फाल्ने सामाग्री पनि सानो भएकोले शव निकाल्न समय लागेको प्रमुख सेनानी महर्जनले बताए । यसअघि पनि विभिन्न क्षेत्रका विपद्हरुमा नेपाली सेनाको रणसिंह दल गणले सहयोग गर्दै आएको छ ।

चौधरीले ईनारमा हामफालेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । चौधरीको अनैतिक सम्बन्धको खबर गाँउमा फैलिएपछि छानबिन गर्न बैठक बोलाउदा उनी त्यसबाट बच्नका लागि इनारमा हामफालेको हुन सक्ने प्रहरीको भनाई छ । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ । बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् । विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

error: Content is protected !!