२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने

Logo
प्रकाशित सोमबार, चैत्र २१, २०७८

ABC (Sanchar) काठमाडौँ- निर्वाचन आयोगले ७४७ वटा स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने भएको छ । बाँकी ६ वटा महानगरपालिकाको मतपत्र २२ गतेसम्म छापिसक्ने आयोगको तयारी छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आयोगले मतपत्र छाप्न सुरु गरिसकेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्रीले देशभर एकसाथ हुने निर्वाचनका लागि मतपत्र छपाइको काम गरिरहेको आयोगले जनाएको छ ।

विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गर्नुअघि जिल्ला-जिल्लामा मतपत्र पठाइसक्ने आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार मुख्य-मुख्य राजनीतिक दलको चिन्ह समेटेर बनाइएको मतपत्र सुरुमा जिल्लाका ठूला स्थानीय तहमा बाहेक अरू ठाउँमा पठाइन्छ । निर्वाचनमा बढी मतदाता हुने स्थानीय तहमा केही दिन मात्र मतपत्र छपाइमा ढिलो हुन्छ ।

मतपत्रलाई रुजु गर्नुपर्ने भएकाले निर्वाचन हुनु दुई साताअघि मतपत्र पठाइसक्नुपर्ने अर्यालले जानकारी दिए ।

‘छ वटा महानगर मध्ये अझ सबैभन्दा बढी ढिलो छपाइ काठमाडौँ महानगरपालिकाको हुन्छ,’ उनले भने, ‘जुन स्थानीय तहमा बढी मतदाता हुन्छन् त्यसमा ढिलाइ हुन्छन् । उम्मेदवारको संख्या अनुसार पनि दलको चिन्ह तय गर्नुपर्ने हुन्छ ।’

मतपत्रको साइज अनुसार मूल्य फरक-फरक पर्ने उनले जानकारी दिए । सबैभन्दा बढी उम्मेदवार बढी हुने स्थानीय तहको मतपत्र बनाउँदा बढी खर्च हुने उनको भनाइ छ ।

आयोगका अनुसार कम मतदाता भएका स्थानीय तहको मतपत्र छिटो बनाएर सकिन्छ । डोल्पाको मतपत्रको मूल्य सबैभन्दा सस्तो पर्नेछ । ‘मतदाता कम भएको ठाउँमा मतपत्र छपाइ कम र चुनाव चिन्ह पनि थोरै हुने भएकाले मूल्य सस्तो पर्छ’, उनले भने ।

आयोगले १६ गतेबाट नमूना मतपत्र छाप्‍न सुरु गरिसकेको छ । सबै जिल्ला निर्वाचन कार्यालयमा नमूना मतदान कार्यक्रम हुनेछ । जनक शिक्षा सामग्रीले आयोगसँग सम्झौता गरेर छपाइ प्रक्रिया अगाडि बढाएको हो । आयोगका अनुसार एकै किसिमका मतपत्र बनाउनु परेमा मूल्य सस्तो पर्न जानेछ ।

मतपत्रको आकार र शैलीमा पनि मतपत्रको मूल्य निर्धारण हुनेछ ।

आयोगले २ करोड मतपत्र छाप्‍ने छ । मतपत्र छपाइको स्थान नेपाली सेनाको नियन्त्रणमा रहेको छ । उनका अनुसार, मतपत्र कति छपाइ भयो त्यसको सम्पूर्ण जानकारी आयोग र नेपाली सेनाले जानकारी दिनेछन् ।

उनका अनुसार, मतपत्र छपाइस्थल वरिपरि सिसिटिभी क्यामेरा पनि जडान छन् । मतपत्र छपाइस्थल सिसि क्यामेराको निगरानीमा र सबै सुरक्षाकर्मीको नियन्त्रणमा छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

error: Content is protected !!