०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने

Logo
प्रकाशित सोमबार, चैत्र २१, २०७८

ABC (Sanchar) काठमाडौँ- निर्वाचन आयोगले ७४७ वटा स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने भएको छ । बाँकी ६ वटा महानगरपालिकाको मतपत्र २२ गतेसम्म छापिसक्ने आयोगको तयारी छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आयोगले मतपत्र छाप्न सुरु गरिसकेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्रीले देशभर एकसाथ हुने निर्वाचनका लागि मतपत्र छपाइको काम गरिरहेको आयोगले जनाएको छ ।

विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गर्नुअघि जिल्ला-जिल्लामा मतपत्र पठाइसक्ने आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार मुख्य-मुख्य राजनीतिक दलको चिन्ह समेटेर बनाइएको मतपत्र सुरुमा जिल्लाका ठूला स्थानीय तहमा बाहेक अरू ठाउँमा पठाइन्छ । निर्वाचनमा बढी मतदाता हुने स्थानीय तहमा केही दिन मात्र मतपत्र छपाइमा ढिलो हुन्छ ।

मतपत्रलाई रुजु गर्नुपर्ने भएकाले निर्वाचन हुनु दुई साताअघि मतपत्र पठाइसक्नुपर्ने अर्यालले जानकारी दिए ।

‘छ वटा महानगर मध्ये अझ सबैभन्दा बढी ढिलो छपाइ काठमाडौँ महानगरपालिकाको हुन्छ,’ उनले भने, ‘जुन स्थानीय तहमा बढी मतदाता हुन्छन् त्यसमा ढिलाइ हुन्छन् । उम्मेदवारको संख्या अनुसार पनि दलको चिन्ह तय गर्नुपर्ने हुन्छ ।’

मतपत्रको साइज अनुसार मूल्य फरक-फरक पर्ने उनले जानकारी दिए । सबैभन्दा बढी उम्मेदवार बढी हुने स्थानीय तहको मतपत्र बनाउँदा बढी खर्च हुने उनको भनाइ छ ।

आयोगका अनुसार कम मतदाता भएका स्थानीय तहको मतपत्र छिटो बनाएर सकिन्छ । डोल्पाको मतपत्रको मूल्य सबैभन्दा सस्तो पर्नेछ । ‘मतदाता कम भएको ठाउँमा मतपत्र छपाइ कम र चुनाव चिन्ह पनि थोरै हुने भएकाले मूल्य सस्तो पर्छ’, उनले भने ।

आयोगले १६ गतेबाट नमूना मतपत्र छाप्‍न सुरु गरिसकेको छ । सबै जिल्ला निर्वाचन कार्यालयमा नमूना मतदान कार्यक्रम हुनेछ । जनक शिक्षा सामग्रीले आयोगसँग सम्झौता गरेर छपाइ प्रक्रिया अगाडि बढाएको हो । आयोगका अनुसार एकै किसिमका मतपत्र बनाउनु परेमा मूल्य सस्तो पर्न जानेछ ।

मतपत्रको आकार र शैलीमा पनि मतपत्रको मूल्य निर्धारण हुनेछ ।

आयोगले २ करोड मतपत्र छाप्‍ने छ । मतपत्र छपाइको स्थान नेपाली सेनाको नियन्त्रणमा रहेको छ । उनका अनुसार, मतपत्र कति छपाइ भयो त्यसको सम्पूर्ण जानकारी आयोग र नेपाली सेनाले जानकारी दिनेछन् ।

उनका अनुसार, मतपत्र छपाइस्थल वरिपरि सिसिटिभी क्यामेरा पनि जडान छन् । मतपत्र छपाइस्थल सिसि क्यामेराको निगरानीमा र सबै सुरक्षाकर्मीको नियन्त्रणमा छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ । बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् । विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

error: Content is protected !!