२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

युवक प्रहरी हिरासतमै घाँटी रेटेको अवस्थामा भेटिए

Logo
प्रकाशित मंगलबार, चैत्र २२, २०७८

ABC ( Sanchar)                                      बुटवलमा प्रहरी हिरासतमा रहेका एक जना युवक घाँटी रेटेको अवस्थामा भेटिएका छन् । तामाको तार चोरी गरेको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । आफन्तले घटना शंकास्पद भएको बताएका छन्।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिबार नेपालीलाई कवाडखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएपछि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी ठगबहादुर केसीले बताए । उनले हिरासतमै आत्महत्याको प्रयास गरेर घाँटीमा चोट लागेको बताए । उनको अवस्था गम्भीर रहेको छ । नेपालीकी दिदी मनकुमारीले घटना शंकास्पद भएको  बताइन् । उनले भनिन्, ‘यसबारे छानबिन गर्नुपर्छ ।’ उनले आफूलाई अस्पतालमा झुक्याएर हस्ताक्षर गर्न लगाएको बताइन् । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । नेपाली बुटवलको देविनगरमा भाडामा बस्दै आएका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

error: Content is protected !!