२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गृहको हस्तक्षेप पछि इन्स्पेक्टर हरुको सरुवा १९ महिनादेखि किन रोकियो…

Logo
प्रकाशित बुधबार, चैत्र २३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक लाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार छ । तर, प्रहरी नायव निरीक्षक (सई) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवामा समेत गृह मन्त्रालयले हस्तक्षेप गरेपछि लामो समयदेखि सरुवा रोकिएको छ ।

२०७८ असार मसान्तमा प्रहरीका लेखापालहरूको कार्यविधि दुई वर्ष पुगेको थियो । दुई वर्ष पूरा गरेका लेखापालहरूको सरुवा ९ महिनादेखि भएको छैन । प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षक र इन्स्पेक्टर लेखा प्रमुख हुने सरुवामा पनि गृहमन्त्री बालकृष्ण खाँण र गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले हस्तक्षेप गरेको आरोप छ ।

स्थानीय तह निर्वाचनको बजेट सञ्चालन गर्नुपर्ने हुनाले चुनावअघि लेखापालहरूको सरुवा नहुने भएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअघि गृहमन्त्री बालकृष्ण खाँणले भनेको ठाउँमा सरुवा नगरिदिए ‘नेता रिसाउँछन्’ भनेर नियमित सरुवा रोक्न निर्देशन दिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । मन्त्रीले लेखापाल सरुवामा हस्तक्षेप गरेपछि प्रहरी प्रधान कार्यालयले नयाँ ‘सरुवा मापदण्ड’ बनिरहेको बताउने गरेको छ । मापदण्ड गृह मन्त्रालयबाट पारित गर्ने भनिएपनि ९ महिनादेखि सो मापदण्ड मन्त्रालयमा प्रस्ताव नै गरिएको छैन ।

२०७७ असोजमा ४०० भन्दा बढी प्रहरी निरीक्षकको सरुवा भएको थियो । एक वर्षमा नियमित सरुवा हुनुपर्ने भए पनि उनीहरू १९ महिनादेखि एउटै कार्यालयमा कार्यरत छन् । २०७७ जेठमा सरुवा भएका ४०० इन्स्पेक्टर सरुवा पर्खाइमा छन् । तर, प्रहरी प्रधान कार्यालयले सरुवा गर्न नसकेको हो ।

२०७७ चैतमा सरुवा भएका करिब ३०० इन्स्पेक्टरको पनि कार्यविधि पूरा भएको छ । करिब १ हजार भन्दा धेरै इन्स्पेक्टर सरुवा पर्खाइमा छन् । तर, गृह मन्त्रालयको ‘ग्रिन सिग्नल’ कुरेर बसेको प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन । रातो-पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]