२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

अध्यक्षमाथि आक्रमण

Logo
प्रकाशित बुधबार, चैत्र २३, २०७८

ABC ( Sanchar) खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ । नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहोक गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो ।

कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाए । पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।

आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

error: Content is protected !!