०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अध्यक्षमाथि आक्रमण

Logo
प्रकाशित बुधबार, चैत्र २३, २०७८

ABC ( Sanchar) खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ । नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहोक गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो ।

कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाए । पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।

आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । धनगढीबाट सञ्चालित ‘नयाँ सन्देश’ अनलाइनकी प्रधाानसम्पादक रमा चन्दलाई दुव्र्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुव्र्यवहार भएको थियो । आफूमाथि भएको दुव्र्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् । पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक […]

काठमाडौँ । उपत्यकाका प्रहरी प्रमुख एआइजी ईश्वर कार्कीले सम्पन्न भएको एनपीएल खेल र नेकपा एमालेको महाधिवेशन कार्यक्रमलाई सभ्य र मर्यादित बनाउन सुरक्षा योजना लिएर फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। एआईजी कार्कीले नेपाल प्रहरीले बनाएको सुरक्षा योजना अनुसार फिल्ममा खटेर आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गरेको भन्दै एसएसपीदेखि जवानसम्मका कर्मचारीलाई धन्यवाद दिएका छन्।

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

error: Content is protected !!