२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बाँके २ मा कांग्रेसबाट प्रदिप श्रेष्ठ र जीतेन्द्र ब हमाल , , बलियो उम्मेदवार

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८

(महेन्द्र सिंह )                                                     २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसबाट ९जनाको नाम अध्यक्ष पदमा सिफारिस भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट प्रदिप श्रेष्ठ , जीतेन्द्र ब हमाल , हरिचन्द्र श्रेष्ठ , रमा उपाध्याय, राम कुमार वैस्य , गोपाल प्रसाद गिरि , धुव्र प्रसाद दाहाल , सुनिल सिंह हमाल , बढदुदिन अन्सारी को नाम सिफारिस भएको छ । ९ जनाको नाम सिफारिस भएर आएपनि वडा नम्बर २ मा सबैभन्दा बलियो उम्मेदवार प्रदिप श्रेष्ठ र जीतेन्द्र. ब. हमाल नै रहेको स्थानीयहरु बताउँछन् । वडा नम्बर २ बाट यसअघिको स्थानीय निर्वाचनमा अध्यक्ष पदका प्रबल दाबेदार उम्मेदवार हुँदा पनि अर्का कांग्रेस उम्मेदवारलाई स्थान दिँदै पछि हटेका थिए । तर, अहिले उनी जत्तिको बलियो उम्मेदवार अरु नभएको स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।

वडामा राम्रो छवि बनाएका प्रदिप श्रेष्ठ र जितेन्द्र ब हमाल कांग्रेस मात्रै नभई अन्य पार्टीका मतदाताहरुमा पनि राम्रो पकड भएको नेता मानिन्छन् । अप्ठ्यारो पर्दा सहयोगी हात अघि बढाउन जहाँ पनि पुगिहाल्ने नेताका रूपमा उनी चिनिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

error: Content is protected !!