१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

बोतलमा पनि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने दिने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २०, २०८२

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको तर्फ गम्भीर ध्यानाकर्षण भएको एसोसिएसनले जनाएको छ ।

‘पेट्रोलियम पदार्थको प्रयोग सवारीसाधनमा मात्र हुँदैन, यसको प्रयोग कृषि, उद्योग, साना व्यापार तथा अन्यत्र विभिन्न क्षेत्रमा समेत हुन्छ भन्ने विषयमा सम्बन्धित पक्ष न अनभिज्ञ बन्न मिल्छ न सबै क्षेत्रलाई नै बेवास्ता गर्न मिल्छ । त्यसैले पेट्रालिमय पदार्थको प्रयोग र प्रयोजन अनुसार निश्चित परिमाणमा भाँडोमा पनि बिक्री वितरण गर्न पाउने व्यवस्था कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट निर्णय हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]