२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बोतलमा पनि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने दिने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २०, २०८२

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको तर्फ गम्भीर ध्यानाकर्षण भएको एसोसिएसनले जनाएको छ ।

‘पेट्रोलियम पदार्थको प्रयोग सवारीसाधनमा मात्र हुँदैन, यसको प्रयोग कृषि, उद्योग, साना व्यापार तथा अन्यत्र विभिन्न क्षेत्रमा समेत हुन्छ भन्ने विषयमा सम्बन्धित पक्ष न अनभिज्ञ बन्न मिल्छ न सबै क्षेत्रलाई नै बेवास्ता गर्न मिल्छ । त्यसैले पेट्रालिमय पदार्थको प्रयोग र प्रयोजन अनुसार निश्चित परिमाणमा भाँडोमा पनि बिक्री वितरण गर्न पाउने व्यवस्था कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट निर्णय हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]