२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

कटुवा पेस्तोल बरामद

Logo
प्रकाशित शनिबार, चैत्र २६, २०७८

ABC ( Sanchar) रौतहट । रौतहटमा बेवारिसे अवस्थामा कटुवा पेस्तोल बरामद भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रौतहटको चाँदी खोला किनारमा शसस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।

शुक्रबार जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं( ४ स्थित गैंडाटार जाने बाटोमा रहेको चाँदी खोलाको किनारबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो ।

 

बेवारिसे अवस्थामा जंगल क्षेत्रमा पर्ने उक्त स्थानमा बरामद भएको उक्त पेस्तोल खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरी बेश क्याम्प सन्तपुरका प्रमुख डिएसपी योगेश दाहालले बरामद भएको उक्त पेस्तोल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका बुझाइ बिशेष अनुसन्धान भइरहेको बताए ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

error: Content is protected !!