२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

प्रहरीमा ३ जना डीआईजी बढुवा गर्न सकस,

Logo
प्रकाशित आइतबार, चैत्र २७, २०७८

ABC ( Sanchar)                                           नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पद खाली छ । चैत १ मा ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएसँगै रिक्त भएको सिटमा बढुवा हुन सकेको छैन । चैत १ मा बढुवा समितीले धीरज प्रताप सिंह, बसन्त पन्त र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरुको सिफारिससँगै खाली भएको डीआईजीको सिटमा बढुवा गर्न सकस भएको हो । मेरिट लिस्ट अनुसार पुरानालाई बढुवा गर्ने वा नयाँलाई अवसर दिने भन्नेमा मतभेद देखिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीसँगै २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरी र प्रदीप कुमार श्रेष्ठ पनि डीआईजी हुने प्रतिस्पर्धामा छन् । चौधरी मेरिट लिस्टको ३ नम्बरमा छन् । मेरिट लिस्टको पहिलो नम्बरमा नल प्रसाद उपाध्याय र दोस्रो नम्बरमा मोहन कुमार आचार्य छन् । उपाध्याय र आचार्य २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । प्रदिप कुमार श्रेष्ठ मेरिट लिस्टको पाँचौ नम्बरमा छन् । मेरिट लिस्टको चौथो नम्बरमा छन्, मसउद आलम खाँ ।गृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मेरिट लिस्ट अनुसार बढुवा गर्न खोजेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयले पुराना दुईजना र नयाँ ब्याचबाट एकजनालाई बढुवा गर्न दबाव दिएपछि बढुवा अन्योलपुर्ण बनेको जानकारहरु बताउँछन् । आईजीपी क्षेत्रीका ब्याचमेट उनीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।नयाँ ब्याचबाट २०५१ चैत ५ मा सेवा प्रवेश गर्नेहरु र २०५२ भदौमा भर्ना भएका अधिकृतहरु पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भएकाहरु मध्ये डीआईजी बढुवामा अगाडी आउने अधिकृत मध्येबाट भावी आईजीपी बन्नेछन् ।२०७५ फागुन ६ मा १३ जना अधिकृतहरु एसएसपी भएका थिए । उनीहरुमध्ये दीपक थापा, टेक प्रसाद राई, उमेशराज जोशी, रामदत्त जोशी, मिरा चौधरी, किरण बज्राचार्य र बसन्त बहादुर कुँवर प्रतिस्पर्धामा अगाडि छन् ।उनीहरुभन्दा १५ महिनापछि २०७७ वैशाख १७ मा एसएसपीमा बढुवा भएका अधिकृतहरूले पनि डीआईजी बन्ने आकांक्षा राखेका छन् । ०७७ वैशाखमा वीरेन्द्र बस्याल, जनक भट्टराई, भरत बोहरा, विष्णु कुमार केसी, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह, किरण राणा र यज्ञविनोद पोखरेल एसएसपीमा बढुवा भएका थिए । मेरिट लिस्टमा तल रहेका उनीहरु पनि बढुवा हुने प्रतिस्पर्धामा छन् । अहिले मेरिट लिस्टको एक नम्बरमा रहेका नल प्रसाद उपाध्याय २०७५ जेठमा एसएसपीमा बढुवा भएका थिए ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!