०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र २८, २०७८

ABC ( Sanchar) उदयपुरमा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।

कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ को पोष्टराज दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनिलाल बहादुर श्रेष्ठले जानकारी दिए। सोमबार बिहान ४ बजे दाहालले आफ्नै ३८ वर्षीया श्रीमती नानुमाया दाहाललाई शौच गरिरहेको अवस्थामा चिर्पट दाउराले टाउकोमा प्रहार गरेको थिए। प्रहरीले नानुमायाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ।

इलाका प्रहरी कार्यालय कटारी प्रहरी टोलीले पोष्टराज दाहाललाई नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान भइरहेको जनाएको छ। रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!