२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

च्याउ खाँदा १ जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र २८, २०७८

ABC ( Sanchar) दमौली । जङ्गली च्याउ खाएर बिरामी भएका तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेका एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गत चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आज नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाँदा दश जना बिरामी भएका थिए ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

error: Content is protected !!