२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

बाँकेमा ट्राफिक प्रमुख शाह आएदेखि ट्राफिकको असुली धन्दा सुरु

Logo
प्रकाशित सोमबार, चैत्र २८, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज कोहलपुर सडकखण्ड अन्तर्गत हाइस्कुल बिट नजिकै चेकिङ स्थलमा नेपालगन्जबाट २५/३० वटा मोटरसाइकल कोहलपुर भित्रिए । त्यही समयमै १० वटाजति ट्रक, टिप्पर र लामो दुरीका गाडी क्रस भए । दर्जनभन्दा बढी निजी तथा सार्वजनिक साना गाडीले चेकिङस्थल सहजै पार गरे । अर्थात प्रहरीले उनीहरुलाई चेकिङ नै गरेन ।

अचम्मको कुरा, चेकिङस्थलमा ट्रक, टिप्परसहित अन्य मालबहाक सवारीसाधन मात्र ट्राफिक प्रहरीको चेकिङमा परे । अन्य गाडी र मोटरसाइकल चेकिङमा परेनन् । यसको उत्तर हामीले सिधै ट्राफिक प्रहरीलाई गरेनौं । चेकिङका लागि रोकिएका चालक र अन्य वरपरका नागरिकसँग बुझेका थियौं । उनीहरुको उत्तर थियो, ‘जुन साधनबाट पैसा झर्छ, त्यहीलाई मात्र ट्राफिकले रोक्छ ।

अनेक बहानामा दुःख दिएर सय रुपैयाँदेखि माथिसम्म पैसा झार्छ ।’ धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेको सवारी चालकहरुको भनाइ छ । ‘जरिवाना धेरै काट्न थाल्छ,’ नाम नबताउने सर्तमा एकजना चालकले भने, ‘हामी पनि धेरै पैसा तिर्नुभन्दा रसिद नलिएरै थोरै पैसा ट्राफिकलाई दिन्छौं ।’ पैसा दिँदा ट्राफिकको झन्झटमा मुक्त हुने उनको भनाइ छ ।

नेपालगन्जबाट सुर्खेतसम्म पुग्दा ट्राफिकलाई पैसा बाँढ्दाबाँढ्दा एक हजारसम्म रुपैयाँ खर्च हुने उनी बताउँछन् । ट्राफिक प्रहरीलाई पैसा दिएको यथार्थ प्रमाण भने चालकहरुले उपलब्ध गराउन सक्दैनन् ।

ट्राफिक प्रहरीले दिने झन्झटका विषयमा गुनासाहरु भने खुलेर गर्छन् । ट्राफिक प्रहरीले मालबाहक ट्रक तथा ट्याक्टरहरुलाई विभिन्न बाहनामा दुःख दिनेदेखि रकम असुल्ने गरेको गुनासो आउने गरेको छ । प्रहरीले विभिन्न कारण देखाउँदै फाइन (जरिवाना) का नाममा रकम असुल्ने गरेको गुनासो आउने विषय नौलो होइन । विभिन्न बाहनामा रकम असुल्नेदेखि दुःख दिने गरेको सवारी चालकहरु बताउँछन् ।

स्थानीयहरुले समेत प्रहरीले विभिन्न बाहनामा रकम असुल्ने गरेको गुनासोपछि मिसन टुडे दैनिकस्थलगत रिपोर्टिङमा गएको थियो । त्यस क्रममा प्रहरीले उनीहरुबाट विभिन्न बाहनामा रकम असुल्ने गरेको पाइएको छ । कोहलपुरस्थित हाइस्कुल अगाडि नै मिसन टुडेले स्थलगत रिपोर्टिङ गर्दै गर्दा नेपालगन्जतिरबाट आयो, भे त १३२ नम्बरको ट्याक्टर ।

ट्याक्टरले बालुवा बोकेको थियो । त्यसमा चालकसँगै एकजना पछाडिको ट्रलीमा तीनजना सवार थिए । ट्याक्टरलाई सुरक्षाकर्मीले रोके । तीमध्ये चालक सुरक्षाकर्मी भएतिरै आए । त्यहाँ उनी करिब ३–४ मिनेट जति नै बसेका थिए । त्यतिबेला मिसन टुडे दैनिकले ट्याक्टरमा रहेकालाई किन रोकेको भनेर जिज्ञासा राख्यो ? ट्याक्टर कम्दीबाट बालुवा ल्याएर आएको रहेछ ।

चप्परगौडी लिने बालुवामाथि बसेका व्यक्तिले बताए । त्यसपछि अगाडि चालकसँगै बसेका व्यक्तिलाई सोध्दा बिलबुक लाइसेन्स सबै भएको बताए । पैसा खानको लागि त होला । पैसा भयो भने पनि राख्दिन्छ । नभए पनि राख्दिन्छ । त्यतिकैमा चालक आए । उनलाई सोध्दा भने, ‘बिलकुल राख्दियो । पैसा देउ भन्थ्यो । पैसा छैन अनि ।’

ती चालकले डबल लोड भएको भनेर पैसा मागेको र पैसा नहुँदा भोलि आउनु भन्दै बिलबुक आफूसँगै राखेर पठाइदिएको जानकारी दिए । उनीहरुका अनुसार प्रहरीले फाइन काट्ने भन्दै एक सयदेखि पाँच सय रुपैयाँसम्म माग्ने गरेको छ । तर, त्यसको न बिल हुन्छ न त अरु प्रमाण नै । लाइसेन्स भए पनि पैसा माग्ने गरेको स्थानीयहरुले बताए । उनीहरुले भने, ‘ह्या असुल्न पल्केका ।
सय, दुई सय तीन सय माग्छन् ।’ स्रोतका अनुसार चालकले आफ्नो बिलबुकमा हालेर ट्राफिकलाई पैसा दिने गरेका छन् । तपाईं यदी गाडीमा सवार गर्नू भएको छ भने एउटा दृष्य देख्नु भएको होला । त्यो दृष्य हो, ‘चालकबाट बिलबुक, लाइसेन्स मागेर ट्राफिक गाडीको ठीक पछाडि आउँछ ।’ जहाँ यात्रुले नदेखोस् भनेर । त्यहाँ उनीहरुले बिलबुकबाट पैसा लिन्छन् ।

यदी छैन भने बार्गेनिङ गर्ने गरेको गुनासाहरु आउने गरेका छन् । मिसन टुडेलाई जानकारी आएअनुसार फिल्डमा खटिएका ट्राफिक प्रहरीले जिल्ला ट्राफिकको नेतृत्वलाई समेत पैसा बुझाउने गरेको आरोप लाग्छ । तर यसको बलियो प्रमाण भने भेटिँदैन ।

ट्राफिक प्रहरीले नेपालगन्ज–कोहलपुर सडकखण्डमा पैसा असुली गर्ने क्रियाकलापले गर्दा हैरानी खेप्नु परेको चालकहरु बताउँछन् । ट्राफिक प्रहरीको प्रभावकारी काम नहुँदा पनि ट्राफिक व्यवस्थापनसमेत भद्रगोल हुने गरेको छ । स्थानीयहरुका अनुसार ट्राफिक व्यवस्थापनमा भन्दा पैसा असुलीमा ट्राफिकको ध्यान हुन्छ ।

हिमालय शाह
ट्राफिक प्रहरी निरीक्षक बाँके

कसैले आरोप लगाएको छ भने व्यक्तिगत कुरा होला । हामीले सेवा दिन्छौँ ।

सबैलाई समान न्याय दिन्छौँ । फाइन (जरिवाना) का नाममा रकम असुल्छन् भन्ने कुरा गलत हो । उनीहरु गलत छन् भने त कारबाही हुन्छ ।

हाम्रो उद्देश्य कसैलाई अनावश्यक दुःख दिने हुँदैन । कसैले व्यक्तिगत हिसाबमा भनेको होला । हामीले कसैलाई नियत राख्दैनौं । सबै कुरा नियमसँग नै हुन्छ ।

गलत गरेकालाई कारबाही गर्नु हाम्रो दायित्व हो । जसले तपाईलाई गुनासो गरे । यो नितान्त व्यक्तिगत कुरा हो जस्तो लाग्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]