०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

नेपाल प्रहरीमा डिआइजीका लागि अझै दौडधुप

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८

ABC ( Sanchar) काठमाडौं । चुनावको मुखमा प्रदेश प्रहरी कार्यालयहरू नेतृत्वविहिन बन्न पुगेका छन् । अवकाशको मुखमा रहेका डिआइजीहरूलाई प्रदेशमा खटाउँदा यस्तो अवस्था आएको हो, जसले गर्दा चुनावी सुरक्षा नै प्रभावित हुने जोखिम देखिएको छ ।

आगामी १८ वैशाखमा अवकाश हुन लागेका पाँच डिआइजी हाल प्रदेश प्रहरी इन्चार्ज छन् । मधेस प्रदेशका डिआइजी उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेश ऐर तथा सुदुरपश्चिमका पुरुषोत्तम कँडेलले १८ वैशाखदेखि अवकाश पाउँदैछन् । अवकाशको मुखमा उनीहरू लामो बिदामा बसेका छन् । एआइजी प्रद्युम्न कार्कीसहित आइजीपी शैलेश थापा क्षेत्रीका ब्याचका डिआईजीहरू बिदामा बसेका हुन् । उनीहरूमध्ये प्रकाशजंग कार्की त एआइजी बढुवाविरुद्ध मुद्दा लडिरहेका छन् । एआइजी बढुवालाई चुनौती दिएका घनश्याम अर्याल र ईश्वरबाबु कार्की पनि बिदामै छन् ।प्रदेशमा पठाउने डिआइजी नै नहुँदा पनि यतिबेला प्रदेश प्रहरी कार्यालयहरू निमित्तको भरमा चलेका छन् । सरकारले डिआइजी बढुवाका दाबेदार एसएसपीलाई निमित्त प्रदेश इन्चार्ज दिएर पठाउनेबारे छलफल गरेपनि त्यसमा सहमति हुन सकेको छैन । अर्काेतर्फ डिआइजी बढुवा पनि अन्योलमा परेको छ ।

 

डिआइजीका तीन पद रिक्त रहेपनि कसलाई बढुवा गर्ने भन्ने सहमति हुन नसक्दा बढुवा हुन सकेन । रिक्त पदमा सिनियर टोलीबाट नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी, मसाउँद आलम खाँ र प्रदीपकुमार श्रेष्ठमध्ये तीन जनालाई बढुवा गर्ने प्रक्रिया अघि बढेको थियो । तर, जुनियर टोलीका एसएसपीहरूले आफ्नो दौडधुप तिव्र बनाएपछि बढुवा हुन नसकेको स्रोत बताउँछ ।

नयाँ टोलीबाट सन्दीप भण्डारी, उमेशराज जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापा, किरण बज्राचार्य, बसन्त कुँवर, विष्णु केसीलगायत बढुवाका प्रमुख दाबेदार छन् । उनीहरूमध्येलाई नै निमित्त प्रदेश प्रखुमको जिम्मेवारीमा प्रदेश पठाउनेबारे छलफल भएको छ । त्यसरी पठाउँदा पनि क–कसलाई पठाउने भन्ने टुंगो लाग्न सकेको छैन । कामु डिआइजीको रुपमा उनीहरूलाई प्रदेश पठाउनेबारे समेत छलफल भइरहेको स्रोत बताउँछ ।उता, एआइजी कार्कीले फौजी संस्कृतिअनुसार अवकाशको मुखमा बिदा लिएपनि अन्य एआइजीले भने लोभ देखाएका छन् । आइजीपी क्षेत्रीसँगै अवकाश पाउन लागेका एआइजीद्वय हरिबहादुर पाल र निरज शाही भने बिदामा बसेनन् । प्रहरी महानिरीक्षकसहितका अधिकारी अवकाशको एक महिनाअघि बिदा बसेर नयाँ टोलीलाई अघि बढाउने संस्कृति भएपनि संगठनमा यस्तो प्रचलन घट्दै गएको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]