२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

चितवनको भरतपुरमा कांग्रेसका २५ वडा सभापतिको निर्णय- मेयर नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८

ABC ( Sanchar)                                     चितवनको भरतपुर महानगरपालिकामा रहेका कांग्रेसका सबै वडा सभापतिहरूले आगामी चुनावमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन्।

मंगलबार जिल्ला पार्टी कार्यालयमा भरतपुरका २९ मध्ये २५* वडाका कांग्रेस सभापतिको बैठक बसेको थियो। उक्त बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावमा भरतपुरको मेयर कांग्रेसले पाउनु पर्ने र नपाए विद्रोह गर्ने निर्णय गरेको हो।बैठकमा सहभागी वडा नम्बर १४* का सभापतिले राजेन्द्र शाँखी भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए आफूहरूले नमान्ने बताए।कांग्रेसको चितवन जिल्ला कार्यसमितिले पनि भरतपुरको मेयर कांग्रेसले लिएर सत्तारूढ गठबन्धनका दलसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रले जबरजस्ती अरू दलकालाई मेयरको टिकट दिने निर्णय गरे हामी मान्दैनौं,’ शाँखीले भने,‘त्यसको विरोधमा हरेक वडामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिन्छौं।’

वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइसकेको उनले जानकारी दिए। चार वडाका सभापति प्राविधिक कारणले बैठकमा नआए पनि निर्णयमा उनीहरूको पनि समर्थन रहेको शाँखीले बताए।

२०७४ को चुनावमा भरतपुरमा कांग्रेसले माओवादीसँग तालमेल गरेर मेयरमा उम्मेदवारी दिएको थिएन।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र पनि पर्ने भरतपुरको मेयरमा उनकी छोरी रेनु दाहाल निर्वाचित भएकी थिइन्।

माओवादीले अहिले पनि भरतपुरको मेयर आफैंले राख्न चाहेको छ। चितवन कांग्रेसका नेताहरूले भने भरतपुरको मेयर आफूले पाउनु पर्ने भन्दै लबिङ गरिरहेका छन्। seto pati

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!