२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चितवन भरतपुरका मुख्य निर्वाचन अधिकृत फेरिए

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ।

आयोगले सोमबार गरेको निर्णयअनुसार चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावललाई हटाएको हो।उनको सट्टामा चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो। न्यायाधीश प्रकाशकुमार अधिकारी वरीयतामा चौथो नम्बरमा छन्। यसअघि पनि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूको हेरफेर गरिसकेको छ।

चैत २३ गतेको बैठकले ७१ जना निर्वाचन अधिकृत हेरफेर गरेको थियो। विविध कारण भएको भन्दै आयोगले हेरफेर गरेको थियो।

यस्तै आइतबार मात्रै पनि एक सूचना जारी गर्दै १० जना निर्वाचन अधिकृतलाई हटाएर १० जना अरू अधिकृत तोकेको थियो। एक जनाको भने संशोधन गरिएको थियो।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]