२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

कोहलपुर प्रहरीले लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८

ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले मंगलबार दिउँसो १ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. १२ रोहिनी खोलाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिएका छन् ।

अवैध लागुऔषध ब्राउन सुगरको कारोवार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको मल्ले बताए । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका वडा नं.१२ बस्ने वर्ष ३० को मुन्ना भन्नेर निचिने जगत केसी रहेका छन् ।

उनका अनुसार केसीलाई तलासी गर्ने क्रममा निजले दायाँ हातमा समाती राखेको प्रिन्टिङ रातो रङको कपडाको झोला भित्रबाट रातो रङको प्लाष्टिकले लपेटी राखेको अवस्थामा रहेको तौल गर्दा ८० ग्राम रहेको, लागुऔषध ब्राउन सुगर धुलो पदार्थ फेला परेको साथै सोही झोला भित्रबाट लागुऔषध ब्राउन सुगर नापतौल गर्न प्रयोग गरीने एटोम लेखेको डिजिटल तराजु थान–१, सिम कार्ड थान–२ बेन्को लेखेको किप्याड सादा मोवाईल थान–१, अप्पो कम्पनिको कालो रङमा रहेको टच मोवाईल थान–१ र निजले प्रयोग गरेको लु १२ प २९० नम्वरको पहेलो कालो रङको स्कुटर समेत पक्राउ गरिएको मल्ले कोहलपुर टुडेलाई जानकारी दिए । विगत लामो समयदेखि लागुऔषध कारोबारी भएको भन्ने बुझिएको र थप अनुसन्धान भैरहेको जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!