०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

कोहलपुर प्रहरीले चोरी गर्दा गर्दै २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८


ABC (क्राईमबिट)
बाँके । जिल्ला जाजरकोट भेरी नगरपालीका वडा नं. ३ बस्ने बर्ष २० को बिमल शाही र जिल्ला रुकुम चौरजहारी नगरपालिका वडा नं. २ बस्ने बर्ष २० को सौगात के. सीलाई पक्राऊ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ऐन मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मंगलबार अन्दाजी बिहान ५:३० बजे कोहलपुर नगरपालीका वडा नं.११ स्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै रहेको प्रेम बहादुर टमटाले संचालन गरेको सिम्ताली होटलको ताल्चा फोडी रेडबुल लगायतका सर सामान चोरी गरी भागी गई दूर संचार रोडमा रहेको देबेन्द्र सुनारको सुन चाँदी पसलको ताला तोडफोड गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राऊ गरिएको हो । पक्राउ गरी उनीहरूमाथि आबश्यक अनुसन्धान कार्य भईरहेको रहेको डिएसपी मल्लले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न […]

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका […]

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी १ हजार ६६३ मतका साथ विजयी भएका हुन् ।

error: Content is protected !!